site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मेरियट ब्रान्डको नेपाल चिनारी काठमाडौं मेरियट होटल (विशेषतासहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंमा ‘काठमाडौं मेरियट होटल’ सञ्चालनमा आएको छ । मेरियट होटलको फ्ल्यागसीप ब्रान्डले नेपालमा डेब्यु गरेको हो ।

आधुनिक यात्रालाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थित होटल मेरियटले पछिल्लो पिँढीका यात्रुलाई आकर्षक सांस्कृतिक सहरसँग जोड्ने बताइएको छ । नेपालको राजधानी काठमाडौं व्यवसायिक यात्रु र फुर्सदिलो यात्राका लागि आश्चर्यजनक अनुभव बटुल्ने थलो हो । सानो परिधीमा दशवटा युनेस्को विश्व सम्पदा रहेको सहर घुम्ने पर्यटकलाई मेरियटले सुविधासम्पन्न तथा न्यानो आतिथ्यबाट आनन्द लिने सुविधा दिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

मेरियट होटलमा प्रवेश गरेपछि अतिथिले नेपालप्रतिको सम्मानको भाव झल्किने विभिन्न वस्तुहरु देख्न सक्नेछन् । होटलको सिलिङ्गमा ५ सय केजीको घण्टी झुन्ड्याइएको छ र स्थानीय चित्रकला प्रयोग गरि भित्ताहरुलाई आकर्षक बनाइएको छ । होटलको प्याटे«न्ड कार्पेट ढाकामा भएको बुट्टाहरु जस्तै रहेको छ ।

२ सय १४ वटा सुव्यवस्थित कोठाले मेरियटको आधुनिक डिजाइनालाई प्रतिबिम्बित गर्दछ । परम्परागत डेस्कलाई लचिलो सतहले प्रतिस्थापित गरेर काम गर्न र आराम गर्न सहज स्थान बनाएको छ । बस्नका लागि नरम बिछ्यौना तथा नेस्टिङ कुनाको साथ अतिथिले बाहिरको हरियाली तथा सुन्दर हिमालको दृश्य नियाल्न सक्नेछन् ।मेरियट इन्टरनेसनलका दक्षिण एसियाका क्षेत्रीय उपाध्यक्ष निराज गोभिलका अनुसार नेपाल पर्यटनको प्रबल सम्भावना भएको मुलुक हो र यही सम्भावनालाई मध्यनजर गरेर मेरियट नेपाल प्रवेश गरेको हो । उनले भने, “हामी हाम्रो फ्ल्यागसीप ब्रान्ड सुन्दर राज्य नेपालमा ल्याउन पाउँदा निकै खुसी छौं ।” मेरियटले अतिथिहरुको स्वभाव अनुसार संस्कृतिक अनुभवहरु प्रदान गने दाबी उनी गर्छन् ।

Global Ime bank

काठमाडौं मेरियट होटलका महाप्रबन्धक जिन लुइस रिपोचीले पनि काठमाडौं मेरियट होटल बस्नको लागि एकदम उत्तम बनाउनका लागि अतिथिको आवश्यकता महशुस गरिएको बताए । सोही खनुसार डिजाइन गरिएको बताउने रिपोचीले विशेष ४ डाइनिङ स्थानमा प्रचुर स्थानीय तथा अन्तर्राष्ट्रिय व्यञ्जन प्रदान गर्ने दाबी गरे ।

होटलका अतिथिले डाइनिङको अनेकौं अनुभव छनौट गर्न सक्छन् जसमध्ये ठमेल किचनमा स्थानीय र अन्तर्राष्ट्रिय खाना पेश गर्न अन्तक्र्रियात्मक लाइभ कुकिङ किचन राखिएको छ ।यसैगरी एडमामी एशियन विशेषता भएको रेस्टुरेन्ट हो जसले थाई, जापनी र चिनीयाँ भोजन प्रश्तुत हुने गर्दछ । यस किचेनमा जसमा विशेष याकिटोरी स्टेसन पनि रहेको छ । होटलको म्युजिक बारको नाम रक्सी रहेको छ जसमा स्थानीय सामग्रीको ह्यान्ड ड्राफ्टेड ककटेल पेस हुन्छ र जाज म्युजिक सेसन पनि आयोजना हुने गर्दछ । 

बिहानको फ्रेस र फ्लेबरसहित बाइट वा दिउँसोको कफि ब्रेकका लागि होटलमा केबीसी–काठमाडौं बेकिङ किचन रहेको छ । यसमा स्वादिष्ट मिठाई तथा बेक्ड इन–हाउस पेस्ट्रीसँग फ्रेस एस्प्रेसो र कफि आधारित पेय पदार्थ अनुभव गर्न पाइन्छ ।

७४० स्क्वायर मिटर भन्दा बढी क्षेत्रफल भएको ब्यान्क्वेट स्पेससँगै काठमाडौं मेरियट होटल कन्फेरेन्स र बैठकका लागि सबैभन्दा नयाँ प्रविधि भएको उपत्यकाकै ठुलो होटल रहेको दाबी होटल छ । होटलको एम–क्लबबाट हिमालयको दृश्यावलोकन गर्न देखन सकिन्छ । होटलमा ४ वटा ट्रिटमेन्ट कोठा, स्विमिङ पुल र सुविधा सम्पन्न फिटनेस सेन्टरको सुविधा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC