site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्प समर्थकद्वारा विपक्षी सांसदविरुद्ध ‘सेन्ड हर ब्याक’का नारा, सांसदले भनिन्–फासीवादी सोच
Sarbottam CementSarbottam Cement

वाशिङटन । नर्थ क्यारोलिना राज्यमा ट्रम्पको एक चुनावी र्यालीमा उनका समर्थकले एक विपक्षी महिला सांसदविरुद्ध ‘सेन्ड हर ब्याक’को नारा लगाए । सो समयमा ट्रम्प सांसद इलहान ओमरको विरोध गरिरहेका थिए । 

ओमार सोमालिया मूलकी अमेरिकी नागरिक हुन् । यसका कारण विवाद उत्पन्न उत्पन्न भएको छ ।  कैयौं सांसदले पनि कुरा उठाएका छन् । ह्वाइट हाउसमा ट्रम्पले पत्रकारको जिज्ञासामा आफ्ना समर्थकले लगाएको नाराबाट आफूलाई केही पछि हटाएको संकेत गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

ट्रम्पले भने, ‘‘म यसमा खुसी थिइनँ । तर मैले उनीहरुले गरेको काममा म खुसी छैन चाहिँ भनिन । ’’ उनी के कुरामा सहमत थिएनन् भन्ने बारेमा चाहिँ प्रष्ट बताएनन् । सांसद ओमारले र्यालीमा जे भनियो त्यो फासीवादी विचार भएको बताइन् । 

उनको भनाई थियो,‘‘राष्ट्रपतिले जे कुरा भने त्यसलाई हृदयमा लिनुको अर्थ छैन । हामी त्यस्तै अमेरिकाबासी हौं जस्तो अरु छन्  । यो हाम्रो देश हो  र हामी यहींका मानिस हौं । ट्रम्प मञ्चबाट आफ्नो फासीवादी सोच फैलाइरहेका छन् । अमेरिकी नागरिकलाई बाहिर जान भनिरहेका छन् । यसको मतलब यति हो कि उनको नकारात्मक नीतिको हामीले समर्थन गरेका छैनौ । हामी यो भन्न चाहन्छौं कि अमेरिकामा असहमत हुनु नै देशभक्ति हो । ’’

Global Ime bank

सेन्ड हर ब्याकको नाराले सन् २०१६को चुनावी झल्को दिएको थियो । उनकी प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई जेल पठाउनका लागि भन्दै  त्यतिबेला ट्रम्प समर्थकले  ‘लक हर अप’ नारा लगाएका थिए । गएको आइतबार ट्रम्पले ट्विट गर्दै  चार जना विपक्षी सांसदलाई संकेत गरेर अमेरिका मन पर्दैन भने फर्केर जान आग्रह गरेका थिए ।
 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC