site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
श्रीमतिको हत्या गर्न हत्यारालाई १० लाख ! 
Sarbottam CementSarbottam Cement

पोखरा । एक वर्षदेखि नातामा साली पर्नेसँग प्रेम थियो । उक्त सम्बन्ध र अन्तरंग क्रियाकलापको विषयमा श्रीमतीले थाहा पाइन् । त्यसपछि दुइबीचको सम्बन्ध चिसियो । सालीले पनि आफू आउन तयार भएको तर श्रीमतीलाई पन्छाउनुपर्ने संकेत गरेपछि रमेश नेपाली सुरिए ।  श्रीमतीलाई साइड लगाउने योजना त्यतिबेलैदेखि बनेको हो । घटना हुनुभन्दा ४ महिना अगाडि नेपालीले श्रीमतीको नाममा १ करोड रुपैयाँको जीवन बिमा गरिदिए । पोखराकै युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा बिमा गरेपछि बिमाबापत मोटो रकम आउने आशा नेपालीको थियो ।

बिमाबापतको रकम हत्याउने र श्रीमतीलाई पन्छाउने अनि सालीसँगको सम्बन्धलाई निरन्तरता दिन उनले अन्य साथीहरुको सहयोग लिए र भारतीय कन्ट्रयाक्ट किलरहरुले १० लाख रुपैयाँमा असार १ गते रमेश नेपालीको योजना साकार पारे ।
पोखरा महानगरपालिका १५ बस्ने रमेश नेपालीले श्रीमतीको हत्यापछि प्रहरीसँगको बयानमा भनेका छन् ।

अनुसन्धानको क्रममा प्रहरीले नेपालीले श्रीमतीको हत्या हुनुको कारण सालीसँगको सम्बन्ध र बिमा रकमलाई मानेको छ । योजनाबद्ध हत्याको बारेमा थाहा पाउन कास्की प्रहरीले एक महिना लगायो । आफैँ योजनाकार रहेका नेपालीले घटना घटिसकेपछि प्रहरी कार्यालयदेखि आफन्तहरुलाई समेत जानकारी दिएर श्रीमती खोजिदिन समेत आग्रह गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तो छ घटना 
घटना गत असार १ गतेको हो । कास्की प्रहरीमा श्रीमती हराएको भन्दै खोजिका लागि असार २ गते निवेदन आयो । श्रीमती हराएको सूचना दिने चाहिँ उनै रमेश नेपाली थिए । ३३ वर्षीय नेपालीले आफ्नी २७ वर्षीय श्रीमती लक्ष्मी हराएको भन्दै खोजतलास गरिदिन निवेदन दिएपछि प्रहरी अगाडि बढ्यो ।
रमेश नेपालीले निवेदन मात्र दिएनन्, प्रहरीलाई दबाब पनि दिए । त्यसपछि प्रहरीले आफन्त, नातेदारसँग सोधपुछसहित अनुुसन्धान अगाडि बढायो । तर, हात लाग्यो शून्य ।

घटना घटेको २५ दिनपछि असार २५ गते नयाँ ट्विस्ट आयो । प्रहरीले लक्ष्मीको हत्याको शंकामा निवेदक लक्ष्मीकै श्रीमान रमेशलाई पक्राउ ग¥यो ।

Global Ime bank

रमेशलाई पक्राउ गर्नुको कारण थियो, लक्ष्मीको अन्य कोहीसँग सम्बन्ध नहुनु र उनले प्रयोग गर्दै आएको मोबाइल रमेशको मोबाइल पसलमै हुनु । नेपालीले मोबाइल पसल सञ्चालन गर्ने र श्रीमतीको मोबाइल पसलमै हुनुले प्रहरीको नजर निवेदकतर्फ नै सोझियो । सँगै ४ महिना लक्ष्मीको नामको १ करोड रुपैयाँको बिमा हुनुले पनि प्रहरीले अनुसन्धानको दायरा बढायो ।

प्रहरीको सोधपुछबाट रमेश नेपाली गले र स्वीकारे, “आफ्नै श्रीमतीको योजनाबद्ध हत्या ।”

असार २५ गते पक्राउ परेका रमेश नेपालीले हत्या गरेको स्वीकार्दै, घटनास्थल पनि बताइदिए । घटनास्थल थियो, पोखरा महानगरपालिका वडा नं. २२ स्थित कर्कलेको जंगल । प्रहरी त्यहाँ पुग्दा लक्ष्मीको टाउको र शरीर छुट्टिएको थियो । उनले लगाएको कुर्ता सुरुवाल शरीरमै थियो । तर, लुगाभित्रको शरीरमा मांस भने थिएन । लक्ष्मीको कंकाल मात्र बाँकी थियो ।

भारतीय कन्ट्रयाक्ट किलरलाई १० लाखको सुपारी

रमेश नेपालीको साली नाता पर्ने १९ वर्षीय अनु परियारले १ वर्षअघि भनेकि थिइन्, “अब दिदीलाई साइड लगाइदिनुस् ।” सालीको वचन पूरा गर्न उनले साथीको सहयोग लिए । मोबाइल पसल सञ्चालन गर्ने रमेशले अरु साथि पनि मोबाइल पसले नै रोजे  ।

पोखराको पृथ्वीचोकमा मोबाइल पसल सञ्चालन गर्दै आएका सर्लाही इश्वरपुर–तिनघरिया स्थायी घर भएका २६ वर्षीय चित्तरञ्जन शाह र भोजपुर–५ घर भइ पोखराको महेन्द्रपुलमा मोबाइल पसल गर्ने ३२ वर्षीय संजय शर्मासँग नेपालीले एकजना आइमाइलाई मार्नुपर्यो, सहयोग चाहियो भनेका थिए ।

अभियुक्तहरुका अनुसार रमेशले मानुपर्ने व्यक्ति आफ्नै श्रीमती भएको साथीहरुलाई समेत भनेका थिएनन् । उनले ‘राम्रो पैसा आउँछ’ चाहिँ भनेका थिए । रमेशको आग्रहमा शाहले भारत मामाघर भएको हुँदा उतैका तीनजना कन्ट्रयाक्ट किलरलाई भेटे र योजना सुनाए । १० लाख रुपैयाँमा काम फत्ते गर्न डिल भयो । पोखरा आएकै दिन भारतीयलाई १ लाख रुपैयाँ पेश्कीस्वरुप नेपालीले उनै शाहमार्फत १ लाख रुपैयाँ एड्भान्स बुझाए ।

काम भएको दिन ५ लाख दिने र बाँकी ४ लाख उनै शाहमार्फत बुझाईने सहमति भयो ।

सोही सहमतिअनुसार भारतबाट जेठ ३१ गते ३ जना पेशेवर हत्याराहरु पोखरा आए । होटेलको व्यवस्था समेत उनै शाहले गरिदिए ।

यसरी घट्यो घटना ...
जेठ ३१ गते नै योजना तय भइसकेको थियो । सुपारी लिएकाहरु सहित रमेश, सञ्जय र चित्तरञ्जनले हत्या गर्ने ठाउँको अघिल्लै दिन अवलोकन गरे र योजना बनाए । असार १ गते बिहान रमेश र सञ्जयले लेकसाइडस्थित पोखरा बाइक रेण्ट प्रालिबाट ग. ११ प. ८००३ नम्बरको स्कुटर भाडामा लिए । 

त्यस्तै पोखरा नयाँबजारस्थित दीपक कार डेकोरबाट ग. १ च. २३६३ नम्बरको कार पनि भाडामा लिए । सो कार लिएर सञ्जय शर्माले कोशी होटलमा आई चित्तरञ्जनसहित भारतीय ३ जना कन्ट्रयाक्ट किलरलाई लिएर पोखरा २२ पुम्दीभुम्दीस्थित कर्कले जंगल पुगे । 

पूर्वयोजनाअनुसार रमेशले खुट्टामा भएको घाउ निको पार्न जडीबुटी खोज्न जाउँ भन्दै लक्ष्मीलाई लिएर कर्कले जंगल पुगे । जंगलमा पुगेपछि रमेशले मलाई पिसाब लाग्यो एकैछिनमा आउँछु तिमी झार खोज्दै तलतिर जाउ भने । 

जडिबुटी खोज्दै केहि तल पुगेकी लक्ष्मीलाई त्यहाँ पहिल्यै लुकेर बसेका बसेका भारतीय कन्ट्रयाक्ट किलरले मुख र आँखामा सल बाँधेर चक्कुले घाँटी रेटेर हत्या गरे । हत्या गरेर जंगलबाट निस्केका भारतीय कन्ट्रयाक्ट किलरले सोहि दिन थप ५ लाख रुपैयाँ लिए । बाँकी ४ लाख चित्तरञ्जनमार्फत पछि लिने भन्दै भारततर्फ लागे ।
रमेश भने सोही दिन आफ्नी श्रीमती हराएको उजुरी बोकेर बिलौना गर्दै जिल्ला प्रहरी कार्यालय पुगे । 

उनले श्रीमती खोजिदिन सार्वजनिक संचारमाध्यमसँग आग्रह पनि गरे । पछि लक्ष्मीकी आमाले पनि हराएकी छोरी खोज्न प्रहरीकहाँ निवेदन दिइन् । गहिरो अनुसन्धानमा लागेको प्रहरीले हत्यामा श्रीमानकै संलग्नता भएको पत्ता लगायो र रमेशलाई असार २५ गते पक्राउ ग¥यो । 
पक्राउपछि पोल खोल्यो, “हत्या रमेशले नै गरेको हो ।”

अहिले रमेशसहित साह र शर्मा थुनामा छन् । हत्यामा संलग्न भारतीयहरु भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । उनीहरुलाई कन्ट्रयाक्ट किलरको भने खोजी भइरहेको तर पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले बताए । 
पक्राउ गरिएका चारै जनालाई बुधबार सार्वजनिक गरिएको छ । उनीहरुलाई मानव हत्या सम्बन्धी मुद्दा चलाइने उनले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  ०३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC