site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पाकिस्तानी पूर्वप्रधानमन्त्री अब्बासी भ्रष्टाचार आरोपमा पक्राउ
Sarbottam CementSarbottam Cement

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खाकान अब्बासी पक्राउ परेका छन् । राष्ट्रिय जवाबदेही ब्यूरो (एनएबी) ले ‘लिक्विफाइड नेचुरल ग्यास’ (एलएनजी) को आयात ठेक्का मामिलामा अब्बासीलाई पक्राउ गरेको हो । एनएबीले ठेक्कापट्टामा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ । 

‘एक्सप्रेस न्यूज’का अनुसार मुस्लिम लीग (नवाज) का वरिष्ठ उपाध्यक्ष अब्बासीलाई लाहौर टोल प्लाजा नजिकैबाट पक्राउ गरिएको हो । मुस्लिम लीगले उनको गिरफ्तारीको पुष्टि गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एनएबीले एलएनजी टर्मिनलको ठेक्का मामिलाका बारेमा बिहीबार छलफलका लागि उपस्थित हुन अब्बासीलाई निर्देशन दिएको थियो । तर, निजी व्यस्तताका कारण अब्बासी उपस्थित नभएपछि उनलाई गिरफ्तार गरिएको बताइएको छ । 

भ्रष्टाचार गरेको प्रमणित भएपछि नवाज शरीफले प्रधानमन्त्री पद त्याग्नु परेको थियो । त्यसपछि अब्बासीले शासन सत्ता सम्हालेका थिए । उनी १ अगस्ट २०१७ देखि ३१ मे २०१८ सम्म प्रधानमन्त्री रहेका थिए । 

Global Ime bank

एबीपी न्यूज

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC