site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
उत्पत्तिको प्रमाणपत्र अब अनलाइनमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल उद्योग परिसंघले सर्टिफिकेट अफ ओरिजिन अर्थात् उत्पत्तिको प्रमाणपत्र अनलाइनमा जारी हुने व्यवस्था मिलाएको छ । परिसंघको कार्यालय थापाथलीमा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र परिसंघका अध्यक्ष सतिश कुमार मोरले अनलाइन व्यवस्थाको सुभारम्भ गरे ।
उद्घाटनका अवसरमा वाणिज्य तथा आपूर्ति सचिव अधिकारीले अनलाइन प्रणालीले व्यापारमा हुने गैरकर अवरोधहरु कम भई थप प्रतिस्पर्धीलाई सहयोग पुग्ने बताए । सचिव अधिकारीले व्यापारसँग जोडिएका भन्सार कार्यालयहरु, नेपाल राष्ट्र बैंक लगायतका निकायहरु एकिकृत अनलाइन प्रणालीमा आवद्ध हुन लागेकोले उत्पत्तिको प्रमाणपत्र अनलाइन जारी गर्दा समस्या नहुने र समस्या आइहाले सुधारका लागि मन्त्रालय तयार रहेको जानकारी गराए ।
सो अवसरमा व्यापार प्रवद्र्धन केन्द्रका कार्यकारी प्रमुख शरद विक्रम राणाले व्यापारमा कागजी अवरोध कम हुने भएकाले अनलाइन प्रणाली लागू गर्न व्यावसायिक क्षेत्रले सघाउनुपर्ने बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले उत्पत्तिको प्रमाणपत्र अनलाइन जारी गर्न परिसंघले आवश्यक तयारी पूरा गरेको बताए  । अध्यक्ष मोरले भारततर्फको निकासीमा पनि परिसंघले उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने व्यवस्था मिलाउन आग्रह गरे । 
निकासी व्यापारमा थप सहुलियत तथा अहिले व्यापारमा देखा परेका कानुनी झन्झट हटाउन अध्यक्ष मोरले आग्रह गरे । परिसंघका उपाध्यक्ष राजेश अग्रवालले अनलाइन प्रणालीलाई व्यवस्थित गर्न र भुक्तानी सेवालाई पनि अनलाइन प्रणालीमा थप सहज गर्न आग्रह गरे । परिसंघले आज सफ्ट लञ्च भएको उत्पत्तिको प्रमाणपत्र अब अनलाइन व्यवस्थालाई एक महिना भित्र पूर्ण रुपमा अनलाइन जारी हुने व्यवस्था मिलाउने छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC