site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतले अचानक स्थगन गरेको चन्द्रयान–२को प्रक्षेपण जुलाई २२ मा गर्ने
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन(इसरो)ले चन्द्रयान—२ को ‘लन्चिङ’का लागि २२ जुलाईको तिथि तय गरेको छ । यसअघि सो यान प्रक्षेपणका लागि तय भएकोमा पूर्वनिर्धारित कार्यक्रम भन्दा एक घण्टा अघि सो कार्यक्रम रद्द गरिएको थियो  ।

बिहीबार सार्वजनिक गरिएको पछिल्लो कार्यतालिका अनुसार जुलाई २२को स्थानीय समय अनुसार १४ः४३ बजे यानको प्रक्षेपण गरिनेछ । यसअघि सो कार्यक्रम गएको सोमबारको लागि तय भएको थियो । सोमबार बिहानको राति २ बजेर ५१ मिनेटमा श्रीहरिकोटा (आन्द्रप्रदेश)बाट चन्द्रयान—२को लन्च गर्ने कार्यक्रम रहेको थियो ।  

Agni Group

चन्द्रयान—१को सफलतापछि चन्द्रयान—२को योजना बनाइएको थियो । अहिले पठाउन लागेको चन्द्रयान—२ अरु देश नपुगेको स्थानमा अवतरण गराउन  लागिएको हो । चन्द्रयान—२ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने कार्यक्रम रहेको जनाइएको छ ।

यसलाई भारतको अन्तरिक्षको सफलतामा महत्वपूर्ण कदमका रुपमा लिइएको छ । यसको महत्वलाई ध्यान दिएर राष्ट्रपति रामनाथ कोविन्द नै यसअघि श्रीहरिकोटमा गएका थिए । यो  अभियानको अर्थ चन्द्रमाको बारेमा बुझ्नु र मानवताको खोज गर्नु रहेको बताइएको थियो । ३.८ टन वजनको चन्द्रयान—२ लाई ६४० टन वजनको जीएसएलवी मार्क ३ रकेटद्वारा अन्तरिक्षमा लग्ने कार्यक्रम कार्यक्रम रहेको छ । यो रकेटलाई बाहुबली नाम दिइएको छ । 

Global Ime bank

यसलाई भारतको सबैभन्दा शक्तिशाली रकेट भनिँदै आएको छ जुन  १५ वटा भवन जत्तिकै अग्लो छ ।  यो रकेटलाई तेस्रो पटक कुनै मिसनमा प्रयोग गर्ने कार्यक्रम रहेको जनाइएको छ । चन्द्रयान— २ को सबैभन्दा खास उदेश्य चन्द्रमाको सतहमा पानीको खोजी गर्नु भएको बताइएको छ ।

लन्चिङ्गको दुई महिनापछि ३.८४ लाख किमीको यात्रा पूरा गरेर आउँदो सेप्टेम्बर महिनाको शुरुमा चन्द्रयान —२ चन्द्रमामा पुग्ने कार्यक्रम छ । यो मिसन को अर्को महत्वपूर्ण पक्ष यसको अर्बिटर ल्याण्डर र रोबर भारतमा नै बनेका हुन् । भारतले यस मिसनमा सफलता पाएको  अवस्थामा चन्द्रमाको सतहमा सफ्ट ल्याण्डिङ्ग गर्ने मुलुकमा भारतपनि पर्नेछ । अहिले सम्म चन्द्रमाको सतहमा अमेरिका, रुस र चीनले सफ्ट ल्याण्डिङ्ग गरिसकेका छन् । 

(बीबीसी)


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC