site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अपराधको ‘डेन्जर जोन’मा युवा ! आईजीपी भन्छन्– अपराधविरुद्ध समुदाय–प्रहरी सँगसँगै
Ghorahi CementGhorahi Cement

नेपालमा हुने गरेका अधिकांश अपराधमा घटनामा पीडक र पीडित दुवैमा युवाकै संलग्नता बढी रहेको पाइएको छ । प्रहरी प्रधान कार्यालयले गरेको अध्ययनअनुसार अपराधको ‘डेन्जर जोन’मा युवा नै बढी देखिएका छन् ।

आर्थिक वर्ष ०७४–०७५को अपराध तथ्याङ्क हेर्ने हो भने कुल अपराधका घटनामा १६ देखि २५ वर्षसम्मका युवाबाट ३८ प्रतिशत अपराध भएको छ । २६ देखि ३५ वर्ष उमेर समूहबाट ३० प्रतिशत अपराध हुँदा ३६ देखि ४५ वर्षमुनिबाट १९ प्रतिशत अपराध भएको छ । यस्तै ४५ वर्षभन्दा माथि ११ प्रतिशत र १६ वर्षमुनिबाट २ प्रतिशत अपराधका घटना भएका छन् । औसतमा ४० वर्षसम्मको उमेरलाई युवा मान्ने हो भने पनि झण्डै ७० प्रतिशत अपराधका घटनामा युवाकै संलग्नता देखिन्छ ।

Agni Group

अपराधमा संलग्नमात्रै होइन, पीडित पनि युवा नै बढी छन् । आर्थिक वर्ष ०७४–०७५ कै कुल अपराधमा पीडितको उमेर समूह हेर्ने हो भने १६ वर्षमुनि ७ प्रतिशत ४५ वर्षभन्दा माथि २१ प्रतिशत, ३६ देखि ४५ वर्षमुनि २२, २६ देखि ३५ वर्षमुनि २६ र १६ देखि २५ वर्षमुनिका २४ प्रतिशत पीडित छन । यसले के देखाउँछ भने अपराधमा संलग्न र पीडित पनि युवा नै छन् । जवरजस्ती करणी (बलात्कार)का पीडितको उमेर समूह भने निकै डरलाग्दो छ । प्रहरी प्रधान कार्यालयकै आर्थिक वर्ष ०७४–०७५को तथ्याङ्क अनुसार १८ वर्षमुनिका ६४ प्रतिशत बलात्कृत भएका छन् ।

१८ देखि २५ वर्षमुनि १८, २६ देखि ३५ उमेर समूहका १० प्रतिशत बलात्कृत भएका छन् । लागुऔषध प्रयोग र कारोबारमा पनि युवाकै संलग्नता बढी देखिन्छ । १८ देखि २४ वर्षका ४७ प्रशितको लागुऔषधमा संलग्नता छ । २५ देखि ५० वर्ष उमेर समूहका ४० प्रतिशत लागुऔषध प्रयोग र कारोबारमा संलग्न रहेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो समय आइबर अपराधमा पनि युवाकै संलग्नता अधिक पाइएको छ । १८ देखि २४ सम्मको उमेर प्राय उच्च शिक्षा अध्ययनको उमेर हो । यो उमेरका युवाको विभिन्न प्रकारका अपराधमा संलग्नता हुनु मुलुककै लागि दुर्भाग्य हुने प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल बताउँछन् । ३१ असारमा प्रहरी प्रधान कार्यालयमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा आईजीपी खनालले भनेका थिए, ‘‘हाम्रा सन्तान र समाज कतातिर जाँदैछ, यसबारे हामी सबै जिम्मेवार हुन जरुरी छ । समुदाय–प्रहरी मिलेर यसलाई नियन्त्रण गर्न जरुरी छ ।’’

Global Ime bank

युवामा नैतिक शिक्षा अभावले अपराधमा संलग्नता बढेको बताउँदै उनी शिक्षा र जनचेतनाका माध्यमबाट अपराधविरुद्ध सबैलाई गोलबन्द पार्नुपर्नेमा जोड दिन्छन् । खनालले पछिल्लो समय भारतसँग सीमा जोडिएका जिल्लाहरुमा लागुऔषध प्रयोगकर्ता युवा निकै बढेको पाइएको बताए । खनालले लागुऔषध प्रयोगकर्तालाई लक्षित गरेर विशेष कार्यक्रम अगाडि बढाउन लागिएको जानकारी दिए । त्यसका लागि प्रयोगकर्तालाई खेलको माध्यमबाट अगाडि बढाउन राजमार्ग छेउमै स्थानीय निकायको सहकार्यमा खेल मैदान बनाउने योजना सुनाए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC