site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कांग्रेस अध्यक्षमा सहमति जुट्न सकेन, चुनावको सम्भावना
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । राहुल गान्धीले पार्टी अध्यक्षबाट राजीनामा दिएपछि भारतीय कांग्रेस पार्टी नयाँ अध्यक्ष चयनको सकसमा छ । सहमतिमा अध्यक्ष चयनका लागि पार्टीले ‘सीनियर’ र युवा नेताहरुबीच छलफल गरे पनि सहमति जुट्न सकेको छैन । 

सहमतिमा अध्यक्ष चयन गर्न नसकेका कारण कांग्रेसले चाँडै वर्किङ कमिटीको बैठक बोलाएर अध्यक्षका लागि चुनाव गर्न सक्ने बताइएको छ । कांग्रेसको अध्यक्ष पदका लागि हुन गइरहेको चुनावमा यस पटक गान्धी परिवार चुनावी दौडमा हुने छैन । जसका कारण पार्टीमा भागबण्डा हुन सक्ने स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

स्रोतका अनुसार कांग्रेसमा अध्यक्ष पदका लागि सात जना नेताहरुले दाबेदारी प्रस्तुत गरिरहेका छन् । जसमा सुशील कुमार शिन्दे, मलिकार्जुन खडगे, मुकुल वासनिक, कुमारी शैलजा र मीरा कुमार दलित समुदायबाट प्रतिनिधित्व गर्दछन् । त्यस्तै ज्योतिरादित्य सीन्धिया र सचिन पायलट पार्टीका युवा र ओबीसी अनुहार हुन् । 

राहुल गान्धीले पदबाट राजीनामा दिएपछि कांग्रेसका सीनियर नेताहरुको टोलीले सोनिया गान्धीसँग गान्धी परिवारबाट कसैलाई पार्टीको जिम्मेबारी दिन आग्रह गरेको थियो । तर, सोनिया गान्धीले नेताहरुको प्रस्ताव अस्वीकार गरेकी थिइन् । 

Global Ime bank

कांग्रेस वर्किङ कमिटीले अध्यक्ष पदको चुनाव घोषणा गरे पनि हरियाणा, झारखण्ड र महाराष्ट्रमा विधानसभा चुनाव सम्पन्न भएपछि मात्रै कांग्रेसले अध्यक्ष पाउने सम्भावना देखिएको छ । यसअघि १९९० मा राजेश पायलटले सीताराम केसरीविरुद्ध र २००० मा जितेन्द्र प्रसादले सोनिया गान्धीविरुद्ध चुनाव लडेका थिए । 

पार्टीभित्र प्रियंका गान्धीलाई अध्यक्ष बनाउन माग
पार्टी अध्यक्षबाट राहुल गान्धीले राजीनामा दिएपछि कांग्रेसमा प्रियंका गान्धी वाड्रालाई अध्यक्ष बनाउनुपर्ने माग उठिरहेको छ । पूर्व राष्ट्रपति प्रणब मुखर्जीका छोरा तथा पूर्व सांसद अभिजीत मुखर्जी प्रियंका गान्धी वाड्राको पक्षमा खुलेरै ‘लबिङ’ गरिरहेका छन् । उनले पार्टीको नेतृत्व सम्हाल्न देशभरका कांग्रेस कार्यकर्ताहरुको मागलाई नजरअन्दाज गर्न नहुने बताएका छन् । पूर्व केन्द्रीय मन्त्री तथा वरिष्ठ कांग्रेस नेता अनिल शास्त्रीले पनि वर्तमान परिस्थितिमा पार्टीको अगुवाई गर्नका लागि प्रियंका गान्धी उचित अनुहार भएको बताएका छन् । 

एबीपी न्यूज
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC