देश
काठमाडौं । पर्सा प्रहरीले १२० किलो गाँजासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी–१७ का रमेश लामिछाने, टेर्वासुगौली–४ का प्रेम दास, राजेश खवास र डम्मरमणि घिमिरे रहेका छन् ।
वीरगन्ज महानगरपालिका–२८ बगहीबाट पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौरको टोलीले बीआर ० डिबी ०००३ नम्बरको भारतीय कारको डिक्कीबाट गाँजा बरामद गरेको हो । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको एसपी राठौरले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६ १०:५९
प्रतिक्रिया दिनुहोस्