site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एसियाली राजनीतिक पार्टीहरुको अन्तर्राष्ट्र्यि सम्मेलन आइसिएपी सङ्गठनका अध्यक्ष जोसे डे भेनेसिया जुनियरकाबीच भेटवार्ता भएको छ । 
 
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भएको भेटवार्तामा अध्यक्ष दाहालले नेपालमा संविधानसभाबाट संविधान निर्माण गरी समावेशी प्रजातन्त्र स्थापित गरेको बताए ।  
 
उनले आफ्नोतर्फबाट राष्ट्रिय एकता कायम गरी राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रयासरत रहेको बताउँदै राष्ट्रिय एकताबाट मात्र राष्ट्रको तीव्र विकास, प्रगति र उन्नति सम्भव भएको बताए । 
 
भेटका क्रममा आइसिएपीका अध्यक्ष भेनेसियाले राजतन्त्रको अन्त्य, शान्ति प्रक्रियामार्फत युद्धको अन्त्य र व्यवस्थापन, सङ्घीय व्यवस्थाको स्थापनाजस्ता महान् उपलब्धि नेपाल, नेपाली जनता र नेपालका राजनीतिक पार्टीले हासिल गरेको र यो विश्वकै लागि उदाहरणीय भएको बताए ।  
 
उनले प्राप्त उपलब्धिलाई अझ उचाइमा पु¥याउन नेपालका राजनीतिक पार्टी सहमति र समझदारीकासाथ एकताबद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।  
 
साथै उनले आइसिएपीको आगामी सेप्टेम्बर १ मा क्वालालम्पुरमा हुने सम्मेलनमा सहभागिताका लागि अध्यक्ष दाहाललाई निमन्त्रणासमेत दिए ।  
 
सो अवसरमा नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ र नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको समेत उपस्थिति रहेको थियो । रासस 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १४, २०७३  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC