site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आगामी २४ घण्टामा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आगामी २४ घण्टामा देशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेका जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारी वर्षाका कारण देशको पहाडी भू-भागमा पहिरो जानसक्ने तथा तराईमा बग्ने नदीमा जलको बहावको स्तर हल्का बढ्नसक्ने सम्भावना रहेको बताइएको छ ।

यसका साथै, हवाई तथा सडक  यातायातमासमेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउनसक्ने भएकाले महाशाखाले सतर्कता अपाउन आग्रह गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागबाट दक्षिणतर्फ सरेकोले आगामी तीन-चार दिन अविरल वर्षाको सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताए ।

उनका अनुसार यो अवस्थामा वर्षा नै नहुने भने होइन । सेप्टेम्बरको तेस्रो हप्तासम्म मनसुनको समय भएकाले हल्कादेखि मध्यम वर्षा भइरहने हुन्छ । अबका केही दिन निरन्तर र
अति भारी वर्षाको सम्भावना कमै रहेको नगरकोटीले बताए ।

Global Ime bank

महाशाखाले आगामी तीन दिनको पूर्वानुमान जारी गदै आज देशभर आंशिकदेखि सामान्य बदली रही केही हल्कादेखिमध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

बिहीबार देशैभरी आंशिक बदली रही देशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । - रासस
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १, २०७६  २०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC