site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कांग्रेस नेता खतिवडाद्वारा अरिंगालले टोकेर घाइते श्रेष्ठको हेलिकोप्टरमार्फत उद्धार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले अरिंगालले टोकेर गम्भीर घाइते भएका गनबहादुर श्रेष्ठलाई हेलिकप्टरबाट उद्धार गरेका छन् । खतिवडाले मंगलबार काठमाडौंबाट ओखलढुंगा हेलिकप्टर पठाएर ५२ वर्षीय श्रेष्ठलाई उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक उपचार कक्षमा भर्ना गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालको आकस्मिक उपचार कक्षका चिकित्सक डा. अर्जुन बानियाँले श्रेष्ठको उपचार सुरू भइसकेको जानकारी दिए । "उहाँलाई अरिंगालले शरीरका विभिन्न भागमा टोकेको रहेछ", उनले भने, "श्रेष्ठको स्वास्थ्य परीक्षणदेखि अन्य सबै उपचार सुरू गरेका छौँ । रिपोर्टमा के देखाउँछ । सोही अनुसारको उपचार हुनेछ ।"

Prabhu Bank
Agni Group
NIC Asia

घाइते श्रेष्ठको घर ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको वडा नम्बर ९ फलहरिमा पर्छ । श्रेष्ठलाई सदरमुकामको मिशन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । चार दिन अगाडि अरिंगालले टोकेर घाइते भएका श्रेष्ठलाई मिशन अस्पतालले थप उपचारका लागि काठमाडौं लैजान आग्रह गरेको थियो ।

विगत चार दिनदेखि परेको अविरल वर्षाका कारण ओखलढुंगाबाट अन्य जिल्ला जोड्ने सडकहरू अबरुद्ध भएपछि श्रेष्ठलाई काठमाडौं ल्याउन सकिएको थिएन । श्रेष्ठको बारेमा जानकारी पाएपछि नेता खतिवडाले काठमाडौंबाट ओखलढुंगा हेलिकप्टर पठाएका थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १, २०७६  २०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC