site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यी हुन् विश्व फुटबलका उत्कृष्ट पाँच गोलरक्षकहरु 
Sarbottam CementSarbottam Cement

एजेन्सी । फुटबलमा सबैभन्दा महत्वपूर्ण भूमिका गोलरक्षकको हुन्छ । हरेक खेललाई कस्तो बनाउने भन्ने गोल रक्षकको हातमा पनि हुन्छ । अझ भनौं कतिपय खेलहरुमा यस्तो अवस्था अएको हुन्छ कि पुरै खेल गोलरक्षकले सम्हाल्नु पर्दछ ।  त्यसैले हरेक खेलमा गोलरक्षकले मुख्य भूमिका खेलेका हुन्छन् । खेलमा कहिले पेनाल्टी आएमा भने गोलरक्षक अझै ठूलो भूमिका रहन्छ ।  

यहाँ विश्व फुटबलमा उत्कृष्ट पाँच गोलरक्षकको चर्चा स्पोटर्स किडाले गरेको  छः

 

Prabhu Bank
Agni Group
NIC Asia

 

५) एलिसन बेकर 

Global Ime bank

एलिसन बेकर सन् २०१८ मा विश्वकै सबै भन्दा महँगो गोल रक्षक हुन् । इटालीयन क्लब रोमा छाडेर ७२.५ मिलियन युरोमा लिभरपुलमा अनुबन्ध भएका हुन् । २६ वर्षीय ब्राजिलका गोलरक्षक एलिसन २०१८–२०१९ को सिजनमा आफ्नो क्लबलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्याउन सहयोग गरे । बेकरले लिभरपुलमा उत्कृष्ट प्रदर्शन गरे । एलिसनले सिजनको अन्त्यमा २१ क्लिन सिट जम्मा गरेका थिए । एलिसनकै उत्कृष्ट प्रदर्शनले लिभरपुलले १४ वर्षपछि च्याम्पियन लिग जितेको थियो ।  एउटै सिजनमा उनले ३ वटा गोल्डेन ग्लोब जितेर विश्व कीर्तिमान कायम राखे । आजसम्म कुनै पनि गोलरक्षकले एउटा सिजनमा ३  वटा गोल्डेन ग्लोब जितेको थिएन ।

४) टेर स्टेगन 

२७  वर्षीय टेर स्टेगन जर्मनीका गोलरक्षक हुन् । उनी सन् २०१४ मा १२ मिलियन युरोमा बार्सिलोनामा आएका हुन् । बार्सिलोनामा आएको पहिलो सिजनमा नै उनले ट्रेबल अवार्डले सम्मानित भएका थिए । उनले बार्सिलोनालाई कोपा डेल रे, ला लिगा र च्याम्पियन्स लिग जिताउन सहयोग गरेका थिए । यसैगरी २०१७–२०१८ को सिजनमा स्टेगनले बार्सिलोनालाई ला लिगा टाइटल जिताउन सहयोग गरे । उनी बलमात्र रोक्ने काम गर्दैनन् बललाई सही ठाउँमा पास दिन पनि माहिर छन् ।  टेर स्टेगन बार्सिलोनाका लागि अहिले उत्कृष्ट गोलरक्षकको रुपमा रहेका छन् । क्लबले हाल सम्म उनको विकल्प रोजेको छैन । 

३) थिबाउ कोर्टुवा 

कर्टिस बेल्जियमको राष्ट्रिय टिम र स्पेनिस क्लब रियल मड्रिडका गोलरक्षक हुन् । उनी सन् २०१८ मा रियल मड्रिडमा आएका हुन् । उनी एट्लेटिको मड्रिडबाट रियल मड्रिडमा ३८.७ मिलियन युरोमा अनुबन्धित भएका थिए ।  सन् २०१६ मा उनले गोल्डेन ग्लोब अवार्डले सम्मानित भएका थिए । यसैगरी २०१८ को फिफा विश्वकपमा उत्कृष्ट गोलरक्षकको रुपमा पनि गोल्डेन ग्लोबको अवार्डले सम्मानित भएका थिए । 

थिबाउ कोर्टुवाको लागि रियलमा यो सिजन उत्कृष्ट रहन सकेन । उनी आएको पहिलो सिजन रियलले कुनै पनि ठूला अवार्डहरु जित्न भने सकेन । 

२) डेविड  डी जिया 

डेविड डी जिया म्यानचेस्टर यूनाईटेड र स्पेनको राष्ट्रिय टिमका गोलरक्षक हुन् । मड्रिडमा जन्मेका उनी १३ वर्षको उमेरमा नै एट्लेटिको मड्रिडबाट सिनियर करियरको सुरुवात  गरेका हुन् । मड्रिडलाई यूईएफए युुरोप लिग र यूईएफए सुुपर लिग जिताउन सहयोग गरेका उनी प्रति यूनाईटेडको ध्यान खिचिरहेको खिच्यो । सन् २०११ मा उनी २०.९  मिलियन युरोमा यूनाईटेडमा आबद्ध भएका हुन् । यूनाईटेडमा आवद्ध भएपछि उनले ३०० खेलभन्दा बढि खेलिसकेका छन् । उनले क्लबलाई प्रिमियर लिग टाइटल, एफए कप, लिग कप, तीनवटा कम्युनिटी सिल्ड र यूईएफए युरोपा लिग जिताउन सहयोग गरेका थिए ।

१) जान ओब्लक

जान ओब्लक एट्लेटिको मड्रिडका गोलरक्षक हुन् । उनी पोर्चुगलको क्लब बेन्फिकामा १७ वर्षको छँदा आबद्ध भएका थिए । सन् २०१४ मा भने उनी १६ मिलियन युरोमा एट्लेटिको मड्रिडमा आएका हुन् । त्यो समयमा उनी ला लिगाको सबैभन्दा महंगो गोलरक्षक बनेका थिए । २०१५–२०१६ को सिजनमा उनले उत्कृष्ट गोलरक्षकको रुपमाा रिकार्डो जामोरा ट्रफी पाएका थिए । उनी २०१७–२०१८ को बालोन डी'ओरका लागि पनि मनोनित भएका थिए । एट्लेटिको मड्रिडमा खेलेको २०० भन्दा बढी खेलमा उनले क्लबलाई यूईएफए सुपरकप २०१८ लगायतका अरु प्रमुख टाइटल   पनि  जिताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC