site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेस र राजपाले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले बाढी र पहिरोका कारण उत्पन्न अवस्थाका बारेमा छलफल गर्नुपर्ने भन्दै संयुक्त रुपमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस सांसद राधेश्याम अधिकारी प्रस्तावक रहेको सो प्रस्तावमा राष्ट्रिय जनता पार्टीका सांसद वृषेशचन्द्रलाल र कांग्रेस सांसद बद्री पाण्डे समर्थक रहेका छन् ।
  
“अविरल वर्षाबाट मुलुकभरि भएको धनजनको क्षति र त्यसमा आहत भएका सर्वसाधारणलाई अल्पकालीन र दिर्घकालीन उचित राहत दिनुपर्ने भएकाले सो विषयमा राष्ट्रिसभामा छलफल गर्न हामीले माग गरेका छौं,” प्रस्ताव कांग्रेस सांसद पाण्डेले भने । 

केही दिनअघि परेको अविरल वर्षाका कारण धेरै संख्यामा मानिसले ज्यान गुमाएको, केही बेपत्ता भएको, हजारौं विस्थापित भएको, खानेपानीको अभाव भएको, विद्यालय क्षतीग्रस्त भएको, स्वास्थ्य उपचारको व्यवस्था सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलगायतबाट भएका उद्धार तथा राहतको कामकारबाही सम्बन्धमा आवश्यक जानकारी लिई आवश्यक निर्देशन गर्नुपर्ने भन्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

यसअघि प्रतिनिधिसभामा पनि प्रतिपक्षी दल कांग्रेस र राजपाले सार्वजनिक महत्वको प्रस्ताव लैजान खोजेका थिए । तर, बैठक नै नबसी साउन ८ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगन गरिएको छ ।
फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १, २०७६  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC