site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
८० प्रतिशतभन्दा बढी चलचित्र स्क्रिप्टभन्दा बाहिर गएर खिचिन्छ
Sarbottam CementSarbottam Cement

प्रदीप भारद्वाज नेपनली चलचित्र उद्योगका पूर्णकालीन स्क्रिप्ट राइटर हुन् । करिब डेढ दशकदेखि स्क्रिप्ट लेखनमा सक्रिय उनले सयौंको संख्यामा चलचित्र र टेलिचलचित्रको स्क्रिप्ट लेखेका छन् । उनले लेखेका स्क्रिप्टमा सयौं भाग टेलिचलचित्र प्रशारण भइसकेका छन् भने दुई दर्जनभन्दा माथि चलचित्र बनिसकेका छन् । अझै पनि स्क्रिप्ट लेखेर जीविका चलाउन सकिन्छ र ? भन्ने प्रश्न उठिरहेका बेला प्रदीप लेखेरै जीवन निर्वाह गरिरहेका स्क्रिप्ट राइटर हुन् । ‘पञ्चेबाजा’, ‘झ्यानाकुटी’, ‘चङ्गा चेट’, ‘देवरबाबु’, ‘छोडी गए पाप लाग्ला’, ‘आई एम सरी’, ‘कृ’, ‘कुशुमे रुमाल–२’, ‘जङ्गली मान्छे’ लगायत चलचित्रको स्क्रिप्ट उनैले लेखेका हुन् । पर्याप्त बजेट, अनुभवी निर्देशक र चलचित्रको ज्ञान नभएका निर्माताहरुका कारण अझै पनि स्क्रिप्ट अनुसार चलचित्र बन्न नसक्ने गरेको उनको गुनासो छ । स्क्रिप्टका लागि पर्याप्त बजेट नछुट्याउने प्रवृत्तिका कारण नेपाली चलचित्र उद्योगमा पूर्णकालीन स्क्रिप्ट राइटरको खाँचो रहेको प्रदीप बताउँछन् । यद्यपि पछिल्ला दिनमा विस्तारै चलचित्रको मेरुदण्ड नै स्क्रिप्ट हो भन्ने बुझ्न थालिएको उनको अनुभव छ । प्रदीपसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः

नेपाली चलचित्र उद्योगमा मेकरहरुको सधैँ एउटै गुनासो रहने गरेको छ– स्क्रिप्ट राम्रो भएन, त्यसैले राम्रो चलचित्र बनाउन सकिएन । तपाईँहरुले स्क्रिप्ट राम्रो लेख्न नसकेकै हो ?
अनुभवी स्क्रिप्ट राइटरहरु नहुँदा यो गुनासो आइरहेको हो । अनुभवी स्क्रिप्ट राइटर किन भएनन् भन्दा यसको दोष मेकरहरुलाई नै जान्छ । 

तपाईंहरु स्क्रिप्ट नराम्रो लेख्ने अनि दोषचाहिँ मेकरलाई ?
स्क्रिप्ट भनेको चलचित्रको ब्ल्यु प्रिन्ट हो । नक्सा नै नराम्रो बनेपछि घर कसरी राम्रो बन्छ ? यसका लागि अनुभवी स्क्रिप्ट राइटर चाहिन्छ । तर, निर्माताहरु धेरै पैसा खर्च गर्ने लोभले नयाँ स्क्रिप्ट राइटर खोज्नुहुन्छ । नयाँ स्क्रिप्ट राइटरबाट पहिलो काम नै सबैबाट राम्रो आउँछ भन्ने छैन । नयाँ हुँदा पकेट मनीमै स्क्रिप्ट लेख्नुहुन्छ । दुईचारवटा चलचित्र लेखेपछि नाम हुन्न्छ । काम पनि राम्रो हुन्छ । उसले राम्रो पारिश्रमिक माग्छ तर निर्माताहरु हिजोका दिनमा किनेकै मूल्यमा स्क्रिप्ट माग्छन् । पर्याप्त पैसा नपाएपछि आर्थिक रुपमा भविष्य सुरक्षित नदेखेपछि यो क्षेत्रबाटै भर्खर अनुभव बटुल्दै गरेको व्यक्ति पलायन हुन्छ । त्यसको परिणाम पूर्णकालीन स्क्रिप्ट राइटर नै हुँदैनन् । र, अनुभवी स्क्रिप्ट राइटर नभएपछि राम्रो स्क्रिप्ट लेखिँदैनन् । यो स्वाभाविक हो । 

Prabhu Bank
Agni Group
NIC Asia

तपाईँले मेकरहरु स्क्रिप्टमा लगानी गर्न तयार छैनन् भनेर भनिरहँदा उहाँहरु एउटै स्क्रिप्टका लागि १८–२० लाख रुपैयाँ खर्चिन तयार छौं भनेर भनिरहनु भएको छ त ! 
त्यो त मैले पनि लिइरहेको छु । अहिले आएर त्यो भनिरहनु भएको छ । जसले चलचित्रको सफलताको स्वाद चाख्नु भएको छ । राम्रो कथा र राम्रो स्क्रिप्टमा चलचित्र बन्यो भने चल्छ र १८–२० लाख रुपैयाँ खर्च गर्दा घाटा लाग्दैन भनेर थाहा पाउनेहरु अहिले आएर यसो भन्न थाल्नुभएको छ । अहिले केही मेकरहरुले स्क्रिप्ट बलियो नै चाहिन्छ भन्ने निष्कर्षमा पुग्नु भएको छ । यसरी बुझ्ने निर्माताहरु आउनुभयो भने अब चाहिँ स्क्रिप्ट राइटरहरुलाई सहज होला । हिजोको दिनमा हामीले पैसा नपाएकै कारण राम्रो स्क्रिप्ट लेखेनौं र लेख्न सकेनौं भन्नेहरुको जमात पलायन हुन जरुरी छ । 

स्क्रिप्ट राइटिङ गड गिफ्टेड कला हो । यसलाई मेहनत गरेर पोलिसमात्रै गर्न सकिन्छ । सुनमा सुगन्ध थप्न पहिला सुन चाहिन्छ । सुन नै नभए केको सुगन्ध ? 

Global Ime bank

हातमा स्क्रिप्ट बोकेर हिँड्नेहरुको जमात ठूलो छ यहाँ । हामीले पैसा पाएनौं भन्ने आवाज यही जमातबाट आइरहेको छ । निर्माताहरुले राम्रो स्क्रिप्ट लेख, १८–२० लाख रुपैयाँ दिन्छु भनेर च्यालेन्ज गर्दा काम नगर्ने तर गफमात्रै गर्ने जमात पलायन हुन्छ । काम गर्न सक्नेहरु मात्रै अगाडि आउँछन् ।

त्यसो भए अब राम्रा स्क्रिप्ट लेखिन्छन् र चलचित्र पनि राम्रा बन्छन् ? 
पक्कै पनि हो । निर्माताहरुले स्क्रिप्टका लागि राम्रो लगानी गर्ने बताइरहनु भएको छ । मासिक ३० हजार रुपैयाँ दिएर राम्रो लेखे त्यसलाई १५–२० लाख रुपैयाँमा किन्ने बताइरहनु भएको छ । यो भनेको राम्रा स्क्रिप्ट राइटरहरुलाई स्वागत गर्नु हो । 

स्क्रिप्ट भनेको कथा र डाइलग मात्रै होइन भन्ने बुझ्ने स्क्रिप्ट राइटरको खाँचो छ । नयाँ कथा भए पनि ट्रिटमेन्ट पुरानो भयो भने चलचित्रका सिन नै क्लिसे लाग्छ । त्यसैले कथा अनुसार त्यसलाई ट्रिटमेन्ट गर्न सक्ने खुबी पनि हुनुपर्छ ।

निर्माताहरुको भनाइमा विश्वास गर्न सकिन्छ ?
विश्वास गर्नुपर्छ । राम्रो स्क्रिप्टको सबैले राम्रै पैसा लिन्छन् । र, लिइरहेका पनि छन् । म पनि मेहनत गरेर लेखेको स्क्रिप्टमा राम्रै पैसा लिइरहेको छु । 

निर्देशकहरुले हाम्रो स्क्रिप्ट नै बिगारिदिन्छन् भन्ने आरोप स्क्रिप्ट राइटरहरुले लगाउँदै आइरहेका छन् । स्क्रिप्ट निर्देशकहरुले बिगारिरहेका छन् ? 
कसैको पनि चाहना नराम्रो चलचित्र बनाउँ भन्ने हुँदैन । स्क्रिप्ट राइटरलाई नराम्रो स्क्रिप्ट नलेखौं भन्ने भएझैँ निर्देशकलाई पनि नराम्रो चलचित्र बनाउँ भन्ने पक्कै पनि हुँदैन । नेपालमा सरकारले पनि चलचित्र क्षेत्रलाई उद्योगको रुपमा लिएको छैन । कर्पोरेट रुपमा निर्माताहरु पनि आएका छैनन् । त्यसैले चारपाँच जना मिलेर चलचित्र बनाउने गरिनछ । 

चलचित्रको ज्ञान निर्देशकहरुमा पनि कम छ । नयाँ निर्देशकमा त झनै कम ज्ञान हुने नै भयो । प्रि–प्रोडक्सनको ज्ञान कम भएकाले सुरुमा छुट्टयाइएको बजेटको तीन गुणा बजेट बढ्छ । बजेट बढेपछि निर्माता र निर्देशकमा खटपट शुरु हुन्छ । खटपट बढेपछि कि चलचित्र बीचमै छोडेर निस्किनुपर्ने अवस्था आउँछ कि त्यसलाई जसोतसो सक्नुपर्छ । यसको मुख्य कारण फिल्डको ज्ञान निर्देशकमा नहुुनु नै हो । प्रि–प्रोडक्सनमा नबस्ने र बसेपनि राम्रो होमवर्क नगर्ने गरेका कारण यो समस्या आउँछ । यस्तो समस्या आएपछि स्क्रिप्ट अनुसार चलचित्र खिचिँदैन । 

निर्देशक र निर्माताको कुरा गरिरहँदा स्क्रिप्ट राइटरले पनि चलचित्रको बजेट, हाम्रो भूगोल, निर्देशकको क्षमता हेरेर स्क्रिप्ट लेखिरहेका छन् ? 
अनुभव नभएका स्क्रिप्ट राइटरले मर्सिडिज कार नै ठोक्काउने, बोेलेरो उडाउने स्क्रिप्ट लेख्छन् होला । अनुभवी स्क्रिप्ट राइटरले त्यस्तो लेख्दैनन् । छायांकनमा कत्तिको सम्भावना छ सिन खिच्नका लागि, त्यसको बजेट कति लाग्छ सबै अध्ययन गरेर मात्रै लेख्छौं । कतिपय नयाँ निर्देशकहरुमा नयाँ जोश र जाँगर हुन्छ । जसरी पनि गर्ने हो लेख्नोस् भन्नुहुन्छ । उहाँहरुले भने पनि सम्भव छैन भनेर म त्यस्तो अवस्थामा त्यसको विकल्पको सिन पनि लेखिदिन्छु । 

यसको अर्थ धेरै चलचित्र स्क्रिप्ट बाहिर बनिरहेका छन् ? 
हो । ८० प्रतिशतभन्दा माथि चलचित्र स्क्रिप्टभन्दा बाहिर गएर खिचिन्छ । मेरो मात्रै होइन सबैका त्यस्तै हो । दुई दर्जनभन्दा माथि मैले लेखेका स्क्रिप्ट बने तर ‘पञ्चेबाजा’, ‘झ्यानाकुटी’, र ‘चङ्गा चेट’ मात्रै हो स्क्रिप्ट अनुसार बनेका चलचित्र । भुवन केसीले बनाएको ‘कृ’ पनि स्क्रिप्ट अनुसार खिचिएको छैन ।  

यो आरोप–प्रत्यारोप कहिलेसम्म चलिरहन्छ ?
जबसम्म फिल्डको ज्ञान भएको अनुभवी निर्देशक र कर्पोरेट निर्माताहरु आउँदैनन्, त्यो समयसम्म यो चलिरहन्छ । प्रि–प्रोडक्सनको ज्ञान नभएको निर्देशक नआएसम्म यस्तै हुन्छ । बजेटका कारण निर्देशकहरु एउटा बिन्दूमा पुगेपछि प्यारालाइसिस भइदिन्छन् । चलचित्र रोकिने अवस्थामा पुगेपछि जसरी पनि सक्नुपर्ने अवस्थामा निर्देशकले काम गरेपछि पक्कै पनि चलचित्र स्क्रिप्ट अनुसार खिचिँदैन ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १, २०७६  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC