site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चुनौतीपूर्ण हुनसक्छ ग्रिजम्यानका लागि बार्सिलोना
Sarbottam CementSarbottam Cement

एजेन्सी । स्पेनिस महारथी बार्सिलोना विश्व फुटबलको सफल क्लब मानिन्छ । बार्सिलोनाले क्लब फुटबलका प्रायः सबै उपाधिहरु चुमिसकेको छ । बार्सिलोनाले आगामी सिजनमा पनि सबै खाले उपाधि उचाल्नका लागि विश्वस्तरीय खेलाडीहरु अनुबन्धन गरेको छ । त्यसमध्येका एक हुन् फ्रान्सेली स्टार खेलाडी एन्टोनी ग्रिजम्यान ।

फ्रान्सलाई रसिया विश्वकप २०१८ को उपाधि दिलाउन मुख्य भूमिका खेलेका उनले एट्लेटिको मड्रिडमा सफल फुटबल जीवन बिताए । ग्रिजम्यान भर्खरै मात्र बार्सिलोनामा अनुबन्धन भएका छन् । उनी एट्लेटिकोबाट १२० मिलियनमा बार्सिलोनामा अनुबन्धन भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ग्रिजम्यानलाई बार्सिलोनामा धेरै कुराको अवसर र चुनौती छ । ग्रिजम्यानका लागि बार्सिलोना अवसर भन्दा धरै चुनौती रहेको फुटबल विश्लेषकहरुले अनुमान गरेका छन् । स्पेनिस मिडिया ‘मार्सा’ले ग्रिजम्यानलाई केही समय बार्सिलोनामा चुनौती धेरै हुने बताएको छ ।

समर्थकको ‘असमर्थन’ रहनसक्ने
स्पेनिस क्लब बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिड बेलाबेलामा चर्चामा आउने क्लब हुन् । उनीहरु कहिले खेलको विषयमा त कहिले खेलाडी अनुबन्धन देखि लिएर खेलको विषयमा चर्चामा आउने गर्दछन् ।
ग्रिजम्यान आफ्नो बलियो प्रतिस्पर्धि बार्सिलोनामा अनुबन्धन भएका छन् । स्पेन तथा अन्य स्थानका बार्सिलोनाका समर्थकहरुले उनलाई खेलमा समर्थन गर्न केही समय लाग्ने बताइएको छ । किनभने ग्रिजम्यान बार्सिलोनाविरुद्धको खेलमा धेरै पटक विवादमा परेका थिए ।

Global Ime bank

स्पेनिस पत्रिका मार्साले ग्रिजम्यानलाई स्पेनका समर्थकहरुले कति समर्थन गर्छन् भन्ने विषयमा प्रश्न गर्दा समर्थकहरुले धेरै चासो नदेखाएको बताएको छ । त्यसैले उनलाई केही समय बार्सिलोनाका समर्थकबाट पनि चुनौती आउने देखिन्छ ।

मेस्सी र स्वारेजसँग घुलमिल हुन असहज
बार्सिलोनामा क्लबका कप्तान लियोनल मेस्सी र लुईस स्वारेज ग्रिजम्यान भन्दा सिनियर खेलाडी हुन् । लामो समयसम्म बार्सिलोनाका लागि खेलेका मेस्सी ग्रिजम्यानका लागि आइडल सरह रहेको ग्रिजम्यानले नै बताएका थिए ।

उनीभन्दा धेरै खेल तथा अनुभव बटुलेका मेस्सी र स्वारेजसँग उनी घुलमिल हुन धेरै समय लाग्न सक्छ । बार्सिलोनाका लागि दुबै खेलाडीले खेलेका खेलहरुमा गोल र असिस्टका लागि धेरै ठूलो भूमिका खेलेका छन् ।
ग्रिजम्यानका लागि पनि केही समय घुलमिल हुन समय लाग्ने अवश्य छ । केही समय दुबै खेलाडीहरुसँग तालमेल नमिलुन्जेल उनलाई बार्सिलोनामा असहज हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १, २०७६  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC