site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकासँग नजिकिँदै पाकिस्तान, चिन्तामा भारत 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय पाकिस्तानले अमेरिकासँग सम्बन्ध कसिलो बनाउँदै लगेको छ । उसको छिमेकी भारतसँग दशकौंदेखि नै सम्बन्ध चिसो छ । विशेषगरी काश्मिरलाई लिएर यी दुई निकटतम छिमेक सधैं वादविवादमा रहन्छन् । तत्कालै भारत–पाकिस्तान सम्बन्ध सुध्रने कुनै छाँट छैन । यी दुई मुलुकबीचको द्वन्द्वका कारण दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) सम्मेलन हुन नसकेको लामो समय भइसकेको छ ।  
पाकिस्तानले भारतलाई प्रायः बेवास्ता गरेको देखिन्छ । र, उसले बेलाबखत चीनतर्फ मित्रताको हात बढाउने गर्छ । चीनले पनि पाकिस्तानलाई परेका बेला मद्दत गर्दै आएको छ । सामरिक, आर्थिक वा प्राविधिक सहयोग चीनले गर्दै आएको देखिन्छ । 

चीनले गरेको सहयोगले भारतलाई उतिविधि चिन्तित बनाएको नदेखिए पनि जब अमेरिका पाकिस्तानसँग नजिकिन थालेको सङ्केत देखियो तब भारत शशङ्कित हुन थालेको छ । साथै, अमेरिकाले भारतलाई दिँदै आएको व्यापार सुविधा पनि हालै खोसिदिएको छ । र, भारतबाट निर्यात हुने कतिपय सामानमा शुल्क वृद्धिको घोषणा गरिदिएको छ । यसकारण पनि पाकिस्तान अमेरिकासँग नजिकिँदा भारत बढी चिन्तित हुन पुगेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

केही दिनअघिमात्रै अमेरिकाले अफगानिस्तानमा शान्ति स्थापना र तालिबानलाई वार्ताको टेबुलमा ल्याउने सन्दर्भमा भारतलाई पूर्णतः बाहिरै राखिदियो । चाहे अफगानिस्तानको सवाल होस् चाहे तालिबान, भारतले लामो समयदेखि चासो राख्दै आएको छ । यो विषयमा भारतले सदा सकारात्मक कदम चालेको विश्लेषकहरुको भनाइ छ । 

यसैबीच आगामी साता अर्थात् जुलाई २२ तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच शिखर वार्ता हुँदैछ । यसले दुवै देशबीचको सम्बन्ध सुदृढ हुने र सीमा क्षेत्रमा व्यापक शान्ति छाउने अपेक्षा पाकिस्तानले गरेको छ । मङ्गलबार पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसीले ट्रम्प र खानबीचको शिखर वार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास गरेका छन् ।

Global Ime bank

शिखर वार्ता भनिए पनि यो अचानक तय भएको कार्यक्रम हो । यो भेटले दुई देशबीचको पुराना तीक्तता पूर्णतः मेटिने पाकिस्तानको विश्वास छ । यसबाट अफगानिस्तानमा शान्ति सम्झौता र यसका लागि ह्वाइट हाउसमा छलफलको वातावरण तयार हुने बताइएको छ ।

‘पाकिस्तान–अमेरिका’ सम्बन्धबारे आयोजित सेमिनारलाई सम्बोधन गर्दै विदेशमन्त्री कुरेसीले दुई देशबीचको सम्बन्ध सुधारका लागि उत्तम विकल्प र सहयोगको भावना जागृत हुनुपर्ने बताए । उनले भने, ‘‘दुई देशबीच सम्बन्धमा विगतमा उतारचढाव रह्यो, तर यसलाई अहिलेको सन्दर्भमा हेर्दा ‘सक्रिय सहयोग’ र लाभदायी हुँदै गएको छ ।’’  

पाकिस्तानमा इमरानले सरकार बनाएपछि देशले उल्लेखनीय प्रगति गर्ने अपेक्षा गरिएको थियो । उनले सत्तामा गएका दिनदेखि पाकिस्तानलाई समृद्ध पार्ने अठोट पनि लिएका छन् । तर यतिखेर पाकिस्तान चरम आर्थिक सङ्कटमा परेको छ । अन्तरराष्ट्रिय मुद्रा कोषलगायत अन्य संस्थाबाट ऋण सहयोग लिन पाकिस्तान बाध्य भएको छ । यस्तो अवस्थामा पाकिस्तानले विश्व शक्ति अमेरिकासँग सम्बन्ध सुधारमा लाग्नुलाई सकारात्मक मानिएको छ । उता, उदीयमान अर्थतन्त्र चीनसँग पनि उसले विश्वासिलो सम्बन्ध बनाउँदै आएको छ ।

(एजेन्सीहरुको सहयोगमा)  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १, २०७६  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC