site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मिरगञ्ज पुलको भारतीय अवरोध हटेपछि मालवाहक गाडी नेपाल आउन थाले
Sarbottam CementSarbottam Cement

विराटनगर । मिरगञ्ज पुलमा भारतले गरेको अवरोध बुधबारबाट हटेको छ । अविरल वर्षासँगै आएको बाढीका कारण पुलको भारवहन क्षमतामा असर गरेको भन्दै अररिया जिल्ला प्रशासनले गत शनिबारदेखि मालवाहक सवारी आवागमनमा रोक लगाएको थियो । 

२० टनसम्मका मालवाहक गाडीलाई समेत रोक लगाइँदा सयौं ट्रक बथनाहासम्म लाम लागेका छन् । सातादेखिको भारी वर्षाका कारण खोलाको जलस्तर बढेको र ढुवानीका मालवाहक सवारीका कारण पुल धस्न सक्ने भारतीय पक्षको भनाइ थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यालय अनुमंडल पदाधिकारी, फारबीसगञ्जले स्थानीय प्रहरी प्रशासन, अररिया जिल्ला प्रशासन र प्रहरीलाई पत्र लेख्दै कुनै पनि सवारी आवात–आवात गर्न नदिन आदेश गरेको थियो । यसबाट रानी भन्सारको राजस्व असुली समेत प्रभावित बनेको छ । ‘‘तर भारतीय पक्षले आज बिहान नै पत्राचार गरी मालवाहक गाडी आउजाउ गर्न खुला गरिएको जानकारी आएको छ,’’ विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मिमांश अधिकारीले भने, ‘‘२० टन नियमित आउन दिने भन्नै नै थियो तर अब ४० हजार टनसम्म आउन दिने भनेर पत्र पठाइएको छ ।’’ अधिकारीले अब अवरोध हट्ने अपेक्षा गरिएको बताउँदै अधिकारीले अधिकृत पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र क्रुड पाम आयल बोकेका ४० वटा ट्रक भने नेपाल आईसकेको र अब सहज हुने अपेक्षा गरिएको जानकारी दिएका छन् । 

अधिकारीले भने, ‘‘पुलको भारवहन क्षमताको विषयमा उताका इन्जिनियरले पनि हेर्ने भन्ने जानकारी आएको छ ।’’ जोगबनी नाकाबाट ६ किलोमिटर दक्षिणमा मिरगंज खोलमाथिको पुल दुइ वर्षअघि पनि धस्सिदा आउजाउमा रोक लगाइएको थियो । त्यसपछि मालवाहक गाडी बथनाहा हुँदै वीरपुर नाकाबाट कोशी ब्यारेजु हुँदै नेपाल पठाइएको थियो । तर, अंग्रेजको पालमा निर्माण भएको फलामको पुल मर्मत भएपछि भने आउजाउ सहज बनाइएको थियो ।

Global Ime bank

मालवाहक गाडी नेपालतर्फ नआउँदा भन्सार कार्यालयको राजस्व असुलीसमेत प्रभावित बनेको छ । दैनिक १५ करोड राजस्व असुली हुने गर्छ तर तीन दिनसम्म राजस्व असूली घटेको छ । नेपालका उद्योग समेत वर्षाको प्रभावमा परेका कारण औद्योगिक कच्चा भन्दा इन्धनको आवश्यकता महसुस गरेर जिल्ला प्रशासन कार्यालय मोरङले उद्योग वािणज्य तथा आपूर्ति मन्त्रालयलाई वस्तुस्थितिबारे जानकारी गराएको थियो ।

प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले समकक्षी भारत अररियाका डिस्ट्रिक मजिस्ट्रेट (डिएम) बैजनाथ यादवसँग सोमबार नै टेलिफोनमा समस्याबारे छलफल गरेका थिए । तर, वर्षात् रोकिनासाथ ४० टनसम्मका मालवहाक र इन्धनका ढुवानीलाई छोड्न थालिएको हो । २०७४ साउन २८ गते आएको बाढीले मिरगञ्ज पुल क्षतिग्रस्त बनेको थियो । पुलमा क्षति पुगेपछि भारतको बथनाहा हुँदै सुनसरीको भन्टाबारी नाकातर्फ मालवाहक सवारीलाई ‘बाईपास’ गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १, २०७६  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC