site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हिमाञ्चलमा मृत्यु हुनेमा नेपाली पनि 
Ghorahi CementGhorahi Cement

काठमाडौं  । भारतको हिमाञ्चल प्रदेशको सिमलामा गएको आइतबार चार तले भवन भत्किँदा ११ जना सेना र १ जना सर्वसाधारणको मृत्यु भएको छ । मृत्यु हुनेमा केही नेपाली पनि भएको जनाइएको छ । तर उनीहरुको पहिचान भने भएको छैन । भारतीय सञ्चार माध्यमहरुले जनाएअनुसार मृत्यु हुनेमा प्रदीप चन्द, राजकिशोर, बलविन्दर सिंह, विनोद, अजीत कुमार र योगेश तथा एक महिलाको नाम अर्चना देवी रहेको छ । सबैको नाम भने भारतीय सञ्चार माध्यमले पनि खोलेका छैनन् । 

सो घटनामा २८ जनालाई उद्धार गरिएको थियो । घटना हिमाञ्चल प्रदेशको कुमारहाट्टी शहरमा भएको थियो । त्यहाँ आसाम राइफलका ट्रुपर्सहरुले एउटा पार्टी गरिरहेकोमा वर्षाका कारण भवन भत्किएको उद्धारकर्ताले बताएका छन् । आसाम राइफलमा नेपाली पनि काम गर्ने भएकोले आशंका उत्पन्न भएको छ । 

Agni Group

नेशनल डिजास्टर रेस्पोन्स फोर्स, आर्मी र प्रहरी उद्धार कार्यमा खटिएको थियो ।  २८ जना उद्धार गरिएका मानिसमा १७ जना सिपाही हुन् भने ११ जना सर्वसाधारण नागरिक रहेका छन् । मृत्यु हुनेमा भवन मालिककी पत्नी पनि छन् । हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले सो क्षेत्रको भ्रमण गरेका थिए । घटनाको बारेमा छानबिन गर्न उनले निर्देशन दिएका छन् । सो भवन तोकिएको मापदण्ड अनुसार नबनाएकोले त्यस्तो भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

भवनका मालिक  शैलकुमार विरुद्ध उजुरी दर्ता गरिएको छ । गएको आइतबार दिउँसो करिब ४ बजेतिर सो भवन भत्किएको थियो । नजिकैको डाग्शाइ क्यान्टोनमेन्टमा रहेका आसाम राइफलका सिपाहीहरु त्यसमा परेका हुन् । सबैभन्दा पहिला चौथो तला भत्केको थियो । त्यसपछि सबै भवन भत्किएको हो । स्थानीयले अवैज्ञानिक ढंगले निर्माण गरिएकाले भवन भत्किएको जनाएका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १, २०७६  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC