site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रधानसेनापति थापा स्वदेश फिर्ता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भई मंगलबार स्वदेश फिर्ता भएका छन् ।
 
उनी न्यूयोर्कमा ब्रिटिस सशस्त्र बलले आयोजना गरेको प्रथम महिला, शान्ति र सुरक्षा सञ्जाल बैठक तथा राष्ट्रसंघ सचिवालयले आयोजना गरेको तेस्रो रक्षा प्रमुखहरुको सम्मेलनमा सहभागी भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
 
प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । सो अवसरमा नेपाली सेनाका रथीवृन्द र रक्षा मन्त्रालयका सहसचिवलगायतको उपस्थिति रहेको थियो । उनलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
 
भ्रमणको दौरान उनले संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा कार्यरत विशिष्ट व्यक्तित्वहरुलगायत संयुक्त राज्य अमेरिकाका उच्च पदाधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । यस किसिमको उच्चतहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्रसङ्घ तथा  मित्रराष्ट्र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।
 
राष्ट्रसंघको औपचारिक निमन्त्रणामा राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको कार्यक्रममा सहभागी हुन प्रधानसेनापति थापा यही असार २३ गते अमेरिकातर्फ प्रस्थान गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६  २०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC