site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरी र नेपाल स्काउट समुदाय–प्रहरी साझेदारीमा सँगसँगै अगाडि बढ्नेः आईजीपी खनाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान र नियन्त्रणमा समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत नेपाल प्रहरी र नेपाल स्काउट जान मिल्ने क्षेत्रमा सँगसँगै अगाडि बढ्ने बताएका छन् । समुदाय–प्रहरी साझेदारी अन्तर्गत प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित नेपाल प्रहरी र नेपाल स्काउटबीच अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले यस्तो बताएका हुन् । 

खनालले सांगठनिक परिचय, विद्यमान चुनौतीहरू, संस्थागत सुधारका प्रयासहरू, समुदाय–प्रहरी साझेदारी, संस्थागत साझेदारीका सम्भाव्यताहरू लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए । नेपाल प्रहरीले विगतमा गरेका विभिन्न समुदाय लक्षित कार्यक्रमहरु भन्दा अलि फरक रुपमा समुदाय–प्रहरी साझेदारीको अवधारणा अनुरुप १२ वटा प्राथमिकताका बुँदाहरु तय गरी कार्यक्रम सञ्चालन गरिएको खनालले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले सुम्पेको जिम्मेवारी तथा दायित्व राष्ट्रको सुरक्षा तथा समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गर्नेतर्फ नेपाल प्रहरीले लगावका साथ कार्य गरिरहेको चर्चा गर्दै खनालले विभिन्न मन्त्रालय, विभाग, समाजिक संघसंस्था लगायतसँग पनि सहकार्य गर्दै जानुपर्ने आवश्यकता अनुरुप ठूलो समुदायलाई  समेटेर जानका लागि समुदाय–प्रहरी साझेदारी अवधारण शुरु गरिएको बताए ।   

राज्यको अग्रपंक्तिमा रहेर कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीका जिम्मेवारीमध्ये अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा लगायत रहेको बताउँदै खनालले यसका साथै वन, राजस्व, वनयजन्तुको तस्करी रोक्ने एवं विपद् उद्धारदेखि समाजमा आइपर्ने विभिन्न किसिमका अश्लील गैरसामाजिक क्रियाकलाप नियन्त्रणमा समाजसँग मिलेर जानुपर्ने बताए ।  

Global Ime bank

प्रहरीले सोही अवधारणा अन्तर्गत नेपाल स्काउट समिति गठन गरी विभिन्न विषयमा साझेदारी गरी अगाडि बढ्नका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउँदै नेपाल प्रहरी र स्काउटको संयुक्त साझेदारीमा विगतको भन्दा अझ बढी क्रियाशील भएर कार्य सम्पादन गर्ने उद्देश्य रहेको बताए । अन्तरक्रिया कार्यक्रममा प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले स्काउटका प्रतिनिधिहरुले राखेका जिज्ञासा निरुपण गर्दै नेपाल प्रहरीले पछिल्लो समयमा परिवर्तन गरी सकारात्मक बाटोमा जान खोजेको बताए ।

नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारीले अन्तरक्रिया कार्यक्रममार्फत आगामी दिनमा सञ्चालन हुने सचेतनामूलक कार्यक्रम, विपद् व्यवस्थापन, सडक सुरक्षा लगायतमा नेपाल प्रहरी र नेपाल स्काउटको सामूहिक प्रयास रहने बताए । साथै नेपाल प्रहरीसँग समन्वय गरी स्वच्छ मनले असल र सुसंस्कृत नागरिक निर्माण गर्नेका लागि सबै स्काउटका पदाधिकारी एवम् प्रतिनिधिहरुले आ–आफ्नो भूमिका निर्वाह गर्न आग्रह समेत बताए । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, नेपाल स्काउटका पूर्व आयुक्त, पदाधिकारी तथा प्रतिनिधिहरु, वरिष्ठ प्रहरी अधिकृतहरु एवं प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो । 
    

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC