site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

नेपालका कम्युनिस्ट शासकहरूको विदेश सम्बन्धमा देखाएको अदूरदर्शी उत्ताउलो क्रियाकलापले मुलुकलाई नयाँ ध्रुवीकरणतर्फ घचेट्ने लक्षण बढेको छ । विशेषगरी आफ्नै मुलुकमा विवादको भुमरीमा परेका भेनेजुयलाका अधिनायकवादी शासक निकोलस मदुरोप्रति सत्तारुढ कम्युनिस्ट पार्टीका केही नेताले देखाएको झुकाव नेपालका लागि प्रत्युत्पादक हुने जोखिम बढेको छ । भेनेजुयलाका जनताले त्यहाँका शासकको दमनकारी व्यवहारविरुद्ध गरेको प्रदर्शनको विरोध गर्दै सत्तारुढ नेकपा (नेकपा)का दुईमध्ये एक अध्यक्ष पुष्पकमल दाहालले दिएको अमेरिका विरोधी वक्तव्यपछि चिसिएको सम्बन्ध अझै सहज भइसकेको छैन । तर, त्यसबाट सिक्नुको साटो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू भेनेजुयलाका विवादास्पद सत्तासँगको हिमचिम बढाएर अमेरिकालाई चिड्याउन तल्लीन देखिएका छन् । भेनेजुयलाका राष्ट्रपति मदुरोका छोरा शासक निकोलस अर्नेस्टो मडुरो गुयरालगायतको एउटा टोली अहिले नेपालका कम्युनिस्ट नेताहरूसँग छलफलमा व्यस्त रहेको सार्वजनिक भएको छ । छोरा मदुरो पनि त्यहाँका हुन् । 

जनविद्रोहपछि सेनाको भरमा टिकेका भेनेजुयलाका राष्ट्रपतिका प्रतिनिधिहरूलाई अहिले नेपालमा निम्त्याउनु कूटनीतिक अपरिपक्वता त हुँदै हो अमेरिका र युरोपेली संघलाई चुनौती दिनु पनि हो । कुनै नेता वा पार्टीको स्वार्थ, सनक र महत्त्वाकांक्षाबाट परराष्ट्र सम्बन्ध निर्देशित हुनु हुँदैन । नेपालले अमेरिका वा युरोपेली राष्ट्रहरूले जति नै दबाब दिए पनि आफ्नो भूमिमा ‘स्वतन्त्र तिब्बत’सम्बन्धी गतिविधि गर्न दिएर चीनलाई बिच्क्याउनु राष्ट्रहित विपरीत हुन्छ । यस्तै, भारतविरुद्ध लक्षित कुनै पृथकतावादी वा आतंकवादी क्रियाकलाप पनि आफ्नो भूमिमा हुन दिनु नेपालकै अहितमा हुन्छ । त्यसैगरी अमेरिका वा युरोपेली युनियन चिडिने गरी भेनेजुयला, उत्तर कोरिया वा कुनै तानाशाह मुलुकको गतिविधि देशमा बढ्न दिनु नेपालको हितका हुँदैन । नेपालले सबैभन्दा पहिले आफ्नो हितको रक्षा गर्नुपर्छ । नेपालका कम्युनिस्ट शासकहरूको उत्तर कोरिया र भेनेजुयलासँग हिमचिम बढाउने क्रियाकलापले देशको अहित गरेको छ ।

सत्ताधारीहरूको सनक, स्वार्थ र महत्वाकांक्षाको दुष्परिणाम सामान्य जनताका लागि निकै महँगो हुनपुग्छ । विश्वले एक्ल्याएका तानाशाहहरूसँग सत्तारुढ दलका वरिष्ठ नेताहरूले नै यसरी हिमचिम बढाउने हो भने देशभित्रै गैरकम्युनिस्ट ध्रुवीकरण बढ्न सक्छ । त्यतिमात्र हैन सत्तारुढ दलका नेताले कम्युनिस्टहरूलाई निम्त्याएजसरी नै गैरकम्युनिस्टहरू पनि समान विचारधारका दल र व्यक्तिलाई देशमा बोलाउन थाले भने त्यसको दुष्परिणाम भयावह हुनसक्छ । सत्तारुढ कम्युनिस्टहरूले अरू कम्युनिस्ट शासकहरूसँग हिमचिम बढाउन थाले गैरकम्युनिस्टहरू पनि त्यस्तै सम्बन्ध बढाउन र विस्तार गर्न अग्रसर हुनसक्छन् । व्यवहारिक राजनीतिमै पनि टाट पल्टन लागेको भेनेजुयलाको सत्तासँग हिमचिम बढाएर विश्व शक्ति अमेरिकालाई बिच्क्याउने कामलाई कसैले पनि बुद्धिमत्तापूर्ण पक्कै भन्दैनन् । अगिल्लोपटक भेनेजुयला प्रकरणमा भएको क्षति अझै पूर्ति भइसकेको छैन । परराष्ट्र मन्त्रालयले बेलैमा छोरा मदुरोको भ्रमणप्रति नेपाल सरकारको आधिकारिक धारणा स्पष्ट गरेर बेलैमा धेरै क्षति हुनबाट रोक्नु जरुरी देखिन्छ । देशलाई कसैको सनक, स्वार्थ र महत्त्वाकांक्षा बन्धक बनाउन पाइँदैन । मदुरोको सत्ता जोगियो भने कम्युनिस्ट नेताहरू त भेनेजुयलाको सयर गरिरहलान् तर अमेरिका र पश्चिमको कोपभाजन हुनुपरेमा नेपाली जनताका लागि निकै महँगो हुनेछ । चेतना भया !

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC