site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेप्सेमा रहेको सेयर बेच्दै राष्ट्र बैंक, कसले पाउँछ किन्न ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रहेको सेयर बेच्ने प्रक्रिया थालेको छ । नेप्सेमा रहेको आफ्नो एक तिहाई भन्दा बढी सेयर करिब राष्ट्र बैंकले बेच्न लागेको हो ।

राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको नेप्सेको १७ लाख २९ हजार ९८९ कित्ता सेयर लिलाम बढाबढ बिक्री गर्न सार्वजनिक सूचना आह्वान गरेको हो । यो सेयर नेप्सेको कुल सेयरको ३४.६ प्रतिशत हुन आउँछ ।

Agni Group

राष्ट्र बैंकले आफ्नो स्वामित्वको सेयर प्रतिकित्ता एक हजार ३२ रुपैयाँ वा सो भन्दा बढीको दरमा बेच्नेछ । १०० रुपैयाँ अंकित दरका सेयरलाई राष्ट्र बैंकले प्रिमियमसहित बिक्री गर्न लागेको हो ।

यसमा बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सुचिकृत संगठित संस्थाले मात्र आवेदन दिन पाउनेछन् । ती संस्थाले नेप्सेको चुक्तापुँजीको पाँच प्रतिशतदेखि १० प्रतिशत सेयर किन्नु पर्नेछ । मंगलबार आह्वान गरिएको सार्वजनिक बोलकबोलमा १० प्रतिशतसम्म अग्रिम धरौटी जम्मा गरी भदौ २ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत् आवेदन दिईसक्नुपर्ने र भदौ ४ गते बोलपत्र खोलिने छ ।

Global Ime bank

राष्ट्र बैंकले गत मंसिरमै नेप्सेलाई पत्र लेखेर सेयर बिक्री सहजीकरणका लागि आग्रह गरेको थियो । नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको ३४.६० प्रतिशत, एनआईडीसीको ६.१२ प्रतिशत र ब्रोकरको ०.६२ प्रतिशत सेयर हिस्सा रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC