site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आईसीसी एकदिवसीय वरीयताको शीर्ष स्थानमा इङ्ल्यान्ड  
Ghorahi CementGhorahi Cement

काठमाडौं । पहिलोपटक विश्वकपको उपाधि जितेको इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्व वरीयताको शीर्ष स्थानमा पुगेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा इङ्ल्यान्ड शीर्ष स्थानमा उक्लिएको हो । ४४ वर्षे विश्वकपको इतिहासमा पहिलो पटक उपाधि चुमेको इङ्ल्यान्डको १ सय २५ अंक छ । 

सेमिफाइनलबाट बाहिरिएको भारत १ सय २२ अंकसहित दोस्रो स्थानमा रहँदा उपविजेता न्यूजिल्यान्ड १ सय १२ अंकसहित तेस्रो स्थानमा छ । सेमिफाइनलबाट घर फर्किएको अर्को टोली अस्टे«लिया १ सय ११ अंकसहित चौथो स्थानमा रहँदा दक्षिण अफ्रिका १ सय १० अंकसहित पाँचौं स्थानमा छ । 

Agni Group

ब्याटिङतर्फ भारतका कप्तान विराट कोहली शीर्षस्थानमा यथावत् छन् । भारतका रोहित शर्मा दोस्रो स्थानमा रहँदा पाकिस्तानका बाबर आजम तेस्रो, दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस चौथो तथा न्युजिल्यान्डका रोस टेयलर पाँचौं स्थानमा छन् । 

नयाँ वरीयताअन्तर्गत बलिङतर्फ भारतका जसप्रित बुम्रराह शीर्ष स्थानमा छन् । न्यूजिल्यान्डका टेन्ट बोल्ट दोस्रो, दक्षिण अफ्रिकाका कागिसो रबडा तेस्रो, अस्टे«लियाका प्याट कुमिन्स चौथो तथा दक्षिण अफ्रिकाका इमरान ताहिर पाँचौं नम्बरमा छन् । 

Global Ime bank

अलराउन्डरतर्फ बंगलादेशका सकिब अल हसन शीर्ष स्थानमा रहँदा इङ्ल्यान्डका वेन स्ट्रोक्स दोस्रो, अफगानिस्तानका मोहम्मद नाबि तेस्रो, पाकिस्तानका वासिम चौथो र अफगानस्तानका रासिद खान पाँचौं नम्बरमा परेका छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC