site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वायुसेवा निगमका प्रवक्तामा गणेशबहादुर चन्द
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का नायब महाप्रबन्धक गणेशबहादुर चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले चन्दलाई आइतबार निगमको प्रवक्ता तोक्नुभएको संस्थाका सहायक प्रवक्ता नवराज कोइरालाले राससलाई जानकारी दिए ।

निगमको आर्थिक विभागमा वरिष्ठ अधिकृतको रुपमा सेवा प्रवेश गर्नुभएका चन्दले संस्थागत विभागको प्रमुखको रुपमा पनि काम गरिसकेका छन् । बैतडी स्थायी घर भएका चन्दले त्रिभुवन विश्वविद्यालयबाट एमबिए अध्ययन गर्नुभएको छ । यसअघि निगमको प्रवक्तामा वरिष्ठ क्याप्टेन विजय लामा थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

नवनियुक्त प्रवक्ता चन्दले निगमको संस्थागत सुधारका लागि आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । निगमले राष्ट्रियतर्फ नौ विमानमार्फत २२ गन्तव्य तथा अन्तर्राष्ट्रियमा दुई वाइड बडी, दुई न्यारो बडी जहाजले छ मुलुकका विभिन्न आठ गन्तव्यमा उडान भर्दै आएको छ । 

निगमले अन्तर्राष्ट्रियस्तरको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) प्रदान गर्दै आएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६  २०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC