site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा ग्लोबल आइएमई बैंकद्वारा पाँच लाख सहयोग
Ghorahi CementGhorahi Cement

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जोन्टा क्लब, काठमाडौंलाई बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानकालागि पाँच लाख सहयोग गरेको छ । 

सोमबार आयोजित एक कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले जोन्टा क्लब, काठमाडौंका अध्यक्ष मीरा ज्योतीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । 

Agni Group

उक्त सहयोगबाट जोन्टा क्लबले प्रदेश सरकार तथा स्थानीय निकायहरुसँगको सहकार्यमा प्रदेश २ का विभिन्न विद्यालयहरुमा पुगेर करीब एक हजार विद्यार्थीमाझ बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानका कार्यक्रमहरु सञ्चालन  गर्ने बताइएको छ । 

गरिबी, अशिक्षा तथा अन्धविश्वासले नेपालका धेरै समुदायमा बालविवाहको प्रचलन रहेको तथा प्रदेश २ मा यसको अवस्था गम्भीर रहेकोले बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा बैंक जोडिएको प्रमुख कार्यकारी अधिकृत ढकालले  बताए  ।

Global Ime bank

महिलाको आर्थिक सशक्तीकरणले सबै किसिमका समस्या समाधानमा सहयोग पुर्‍याउने बताउँदै प्रमुख कार्यकारी अधिकृत ढकालले यस अभियानलाई आर्थिक सबलीकरण, नेतृत्व विकास र उद्यमशीलतासँग जोड्न आग्रह गरेका छन् । 

बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर प्राकृतिक विपत्ति, जनचेतनामूलक कार्यक्रम र सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको  आएको छ । 
बालविवाह देशकै एउटा ठूलो समस्या रहेको हुनाले संस्थाले यस क्षेत्रलाई नै आफ्नो कार्यक्षेत्र बनाएको जोन्टा क्लबका अध्यक्ष ज्योतीले बताईन् । संस्थाले महिला सशक्तीकरणका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC