site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लागुऔषधविरुद्ध प्रदेश सरकारको ‘म अघि बढ्छु’ अभियान
Sarbottam CementSarbottam Cement

विराटनगर । विद्यालयस्तरमै लागुऔषध प्रयोग र यसले पार्न सक्ने दूरगामी प्रभावबारे विद्यार्थीमा सचेतनासहितको ‘म अघि बढ्छु’ कार्यक्रम सुरु गरिएको छ । 

खासगरी ‘टिनएजर्स’ विद्यार्थीलाई कूलतमा फस्न नदिन र नैतिक शिक्षा दिलाइ सामाजिक उत्तररदायित्व बोध गराउने उद्देश्यले प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यक्रम सुरु गरेको हो । 

प्रदेशका १४ वटै जिल्लामा सञ्‍चालित कार्यक्रमले दुई हजार विद्यालयलका दुई लाख विद्यार्थीलाई समेट्ने लक्ष्य लिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले ग्रामीण र सहरी क्षेत्रका धेरै परिवार लागुऔषध दुर्व्यसनका कारण निकै संकटमा परेको बताउँदै भने,‘‘पढ्ने उमेरका विद्यार्थी नै यसको प्रयोगको अधिक जोखिममा रहेकोले ग्रामीण भेगसम्म पुर्‍याउने गरी कार्यक्रमको स्वरुप तयार गरेका हौं ।’’ मन्त्री कार्कीले 'म अघि बढ्छु' कार्यक्रम सरकारकै पहलकद्मीमा गठन भएका सगरमाथा टिन्स क्लबमार्फत सञ्‍चालन गरिने जानकारी दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी कार्यक्रम, यसमा सहभगी पक्ष र प्रभावकारिताबारे स्पष्ट गरेको छ । मन्त्री कार्कीका अनुसार विद्यालय र विद्यार्थीलाई लक्षित गरिएको कार्यक्रम सञ्‍चालन गर्न प्रदेशका १४ वटै जिल्लामा मुख्य प्रशिक्षक परिचालन गरिएको छ । उनीहरुले हरेक विद्यालयलाई लक्षित गरी लागूऔषध प्रयोग, यसको जोखिम, प्रभाव र सामाजिक रुपमा पार्न सक्ने खतराबारे सचेतना दिनेछन् । उनीहरु सबै स्वयम्सेवकका रुपमा नियुक्त भएको बताउँदै मन्त्री कार्कीले भने,‘‘विद्यालयमा लागुऔषधबारे एउटा छुट्टै कक्षा सञ्चालन गरिने छ । विपद्को जोखिम र यसबाट बच्ने उपायबारे पनि शिक्षा दिइने छ ।’’ 

सरकारले आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रममार्फत यो कार्यक्रम अघि सारेको हो । यसका लागि दुई करोड ५० लाख बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि बजेट थप गरी पाँच करोड ४६ लाख रुपैयाँ पुर्‍याइएको मन्त्री कार्कीले बताएका छन् ।

Global Ime bank

प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्न मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यविधिसमेत तयार गरेको छ । कार्यक्रमअन्तर्गत कक्षा ९ देखि १२ सम्म अध्ययनरत १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई जिम्मेवार, चरित्रवान, सुसंस्कृत, सभ्य, दुर्व्यसनमुक्त, सिर्जनशील बनाउँदै सामाजिक उत्तरदायी र समतामुलक समाज निर्माणमा सहयोग पुर्‍याउने लक्ष्य लिइएको मन्त्रालयका सचिव भरतमणी रिजालले जानकारी दिए । 

उनले भने,‘‘लागूऔषध प्रयोगलाई न्यूनीकरण गर्ने शैक्षिक चेतनामुलक पाठ्यक्रम, तालिम निर्देशिका तथा कार्यक्रम संचालन गर्दै किशोरकिशोरीलाई नैतिकवान बनाउने उद्देश्य हो ।’’ उनले कार्यक्रमको प्रभावकारिताका लागि सरकारस्तरीय, स्थानीय तहस्तरीय र विद्यालयस्तरीयसमेत विभिन्न विभिन्न समिति गठन गरिने कामलाई अघि बढाइएको बताए । 

विद्यालयमा गठन हुने टिन्स क्लबमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य दशजना (समावेशी रुपमा) रहने कार्यविधिमा उल्लेख छ । यसले किशोरकिशोरीलाई शैक्षिक सचेतनाका कार्यक्रम चलाउने, दुर्व्यसन, चेलीबेटी बेचबिखनकोविरुद्ध अभियान, सामाजिक क्रियाकलाप, प्राकृतिक प्रकोपबारे सचेतना, अन्तरक्रिया आदि कार्यक्रम सञ्‍चालन गर्ने जनाइएको छ ।

यो कार्यक्रम प्रदेशका १ सय ४० विद्यालयमा सुरु भइसकेको यसलाई गति दिएर आगामी आर्थिक वर्षमा थप प्रभावकारी बनाइने बताउँदै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले भने,‘‘सरकारले गर्ने विकास निर्माणको एउटा पाटो छ । तर, पुल बन्यो त्यसमा कसरी हिँड्ने, सडक बन्यो त्यसलाई कसरी सफा राख्ने ? समाज के हो यस्ता विषय पनि अबको पूस्तालाई नबुझाएको सबै विकास अपूरो हुनेछ । त्यही भएर प्रदेश सरकारले नैतिक शिक्षा दिलाउने उद्देश्यसमेत लिएको हो ।’’ कार्कीले सामाजिक रुपमा सक्रिय संघसंस्थालाईसमेत यो कार्यक्रममा क्रमशः समट्दै लगिने बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC