site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
यसरी भएँ कार्यकारी निर्माता
Sarbottam CementSarbottam Cement

सरकार-माओवादी द्वन्द्वको कथा भन्नु थियो । खगेन्द्र लामिछानेसँग ‘टलकजङ भेर्सस टुल्के’को कथा थियो । तर, चलचित्र बनाउन पैसा त चाहियो । कसरी जुटाउने ? खगेन्द्र खेलिहाल्छन् । कथा उनकै । अनुप बराललाई निर्देशन गर्न लगाउने भन्ने सल्लाह भयो । श्रीमती यूके बसेर कमाएर पठाएको पैसाले रवीन्द्रले गोलढुंगामा घडेरी किनेका थिए । त्यसकै लालपूर्जा झोलामा बोकेर हिँडिरहेका थिए रवीन्द्र । 

अनुपका ठाउँमा निश्चल बस्नेतलाई निर्देशन गर्न लगाउने निष्कर्षमा पुगे रविन्द्र र खगेन्द्र । ‘लुट’ निर्देशन गरेर नेपाली चलचित्रको परम्परागत (बलिउड सूत्र) परिवर्तन गराइदिएका निश्चलले निर्देशन गरेपछि ‘टलकजङ भर्सेस टुल्के’ हिट् हुन्छ भन्नेमा उनीहरु पुगे । 

रामकुमार बाँनीया 'को-प्रोडुसर' हुने भए । कथा राम्रो छ । 'लुट'को निर्देशकले निर्देशन गरेको भनेपछि 'लुट' हेर्ने दर्शक कम्तिमा एकपटक हेर्न आए भने पनि हामी डुब्दैनौं । चलचित्र 'हिट' नभए पनि लगानी डुब्दैन भनेर रामकुमारलाई भने । रवीन्द्रले रामकुमारलाई भने, “पैसा डुब्दैन लगानी गर । डुब्यो भने यही लालपुर्जा राखेर तेरो पैसा लैजा ।” 

Prabhu Bank
Agni Group
NIC Asia

त्योबेलासम्म रवीन्द्रलाई न कार्यकारी निर्माता बन्छु भन्ने थियो न त कलाकार बन्छु भन्ने नै थियो । निश्चलले कलाकारका लागि सबैको 'अडिसन' लिने भए । खगेन्द्रदेखि ऋचा शर्मासम्मको 'अडिसन' लिए । रवीन्द्रको मनको भित्री तहमा एउटा लोभ थियो देखिने ठाउँमा केही न केही रोल भए त हुन्थ्यो । त्यसैले उनले चलचित्रको ‘बाबु शाहेव’को रोलमा 'अडिसन' दिए । 

निश्चलसँग खासै चिनजान थिएन । निश्चलले भने, “दाइ तपाईंलाई त अर्कै रुपमा देखेको थिएँ । आज अर्कै रुपमा देखिनुभयो । ‘बाबु शाहेव’मा अभिनय गर्नुहुन्छ भने गर्नुस् । 

Global Ime bank

० ० ०

प्रचण्डमान श्रेष्ठले भास्कर ढुंगानाले ५० प्रतिशत लगानी गर्ने इच्छा देखाएको प्रस्ताव सुनाए । क्यूएफएक्सका सञ्चालक । रवीन्द्रहरुको पहिलो फिल्म, हलमा राम्रो 'एक्सस्' पनि होला । लोभ्भिए ।

प्रचण्डमान कार्यकारी निर्माता 'फाइनल'भए । लेखक खगेन्द्र छँदै थिए । निर्देशक निश्चल निश्चित भइसकेका थिए । प्रवीन अधिकारीले कागज बनाएर ल्याए । कागजमा थियो- माघभित्र फिल्म बनाइसक्नु पर्ने । चैतभित्र पनि बनेन भने ५१ प्रतिशत दिनुपर्ने । फिल्म'ड्रप'भयो भने ब्याजसहित पैसा फिर्ता दिनुपर्ने । फिल्म बनाएर बुझाउनु पर्ने । 

कागज पढेपछि रवीन्द्र र खगेन्द्रलाई फिल भयो हामी त कामदार मात्रै हौं । किन हामी अरुलाई राख्दैछौं ? पैसाका कारणले ? पैसा त हामी खोजखाज गरेर पनि पुर्‍याउँछौं ।  हलमा सहज पहुँचका कारणले ? राम्रो फिल्म बन्यो भने त यसै हलले माग्छ नि ।

“हामी मरेर खटेर फिल्म बनाएर बुझाउने अनि पैसा चाहिँ बराबरी ? हाम्रो भूमिका के त त्यसो भए ?”,खगेन्द्रले भनेँ, “यसरी त गरिन्न । च्यात् त्यो कागज ।” कागज च्याते । खगेन्द्रलाई रवीन्द्रले भने, “तिमी राइटर बस । निश्चिल निर्देशक । म कार्यकारी निर्माता बस्छु । आटौं ।” पैसा आफैँआफैँ हाल्ने भए ।
 
‘म कार्यकारी निर्माता बस्छु’ त भने तर कार्यकारी निर्माता भनेको के हो ? काम के गर्ने ? उनलाई थाहा थिएन । कार्यकारी निर्माता छविराज ओझा भन्ने मात्रै सुनेका थिए ।
प्रोडक्सनको काम गर्छ भन्ने चाहीँ थाहा थियो । इन्टरनेट सर्च गरेर कार्यकारी निर्माताको जब डिस्क्रिप्सन पत्ता लगाए । 

“टेक्निकल रुपमा थाहा नहोला तर प्यासन छ । इमानदार भएर कथा भन्ने हो । काम गर्दै जाँदा थाहा भइहाल्छ नि भन्ने थियो,” रवीन्द्र कार्यकारी निर्माताको जिम्मेवारी पहिलोपटक लिँदाको अनविज्ञता सुनाउँछन्, “प्रोडक्सनको काम इमान्दार भएर गर्छु भनेर सुरु गरेँ । गाउँ गएर लोकेशन खोज्न थालेँ ।” पहिलोपटक गरेको काम थियो । कसको जिम्मेवारी र कामको सीमा के भन्दापनि जे आइपर्छ त्यही गरे । भाँडा माझ्नेदेखि भारी बोक्नेसम्म गरेँ । 

उनी टुल्केका निर्माण युनिट सबै र सधैँका लागि यादगार होस् भन्ने चहान्थे । दैनिक बैठक बोलाउँथे । कसलाई के समस्या छ सोध्थे । बाध्यताले सुरु गरेको काम उनले ‘टाउकोले टेकेर’ गरे । नयाँ अनुभव भयो । कति अवस्थामा भित्रभित्र रिसले मुरमुरिए पनि बाहिर हाँसेर बोल्थे । डिल गर्थे । कसरी राम्रो चलचित्र हलसम्म पुर्‍याउने भन्ने मात्रै चिन्ता हुन्थ्यो । 

“खाना हालेर दिने चलन थियो । उनले बफेट सिस्टम सुरु गरे । पैसा कसैको नराख्ने भनेर पत्रिकामा सूचना निकालेर कसैको बाँकी भए लिन आउनु भनौं कि भन्ने सल्लाह भएको थियो । तर, हामीले बाँकी रहेकालाई फोन गरेर बोलाएर पैसा दियौं,” रवीन्द्र भन्छन्, “पैसा नपुगेर पाएको दुःख मैसँग थियो । सुन राखेर पैसा निकाल्दाको पीडा अनुहारमा नदेखाई प्रोडक्सनको काम गरेँ । कार्यकारी निर्माता मै थिएँ । मलाई सबैले हेर्थे । तीनपटक सुटिङमा जानु पर्‍यो । ४० लाखमा सक्छौं भनेको बजेट बढेर ६८ लाख पुग्यो ।”

चलचित्रले सोचेजस्तो ब्यापार गरेन । जम्मा ११ लाख मात्रै नाफा कमायो । प्रोफिट बेसमा बसेका निश्चलले पैसा लिन मानेनन् । “दुई लाख रुपैयाँ गाडीमा तेल खर्च भनेर एडभान्स भनेर दिएका थियौं । सोचेजस्तो नाफा भएन भनेर पछि उनले पैसा लिएनन् ।”   

पहिलो चलचित्रमै कार्यकारी निर्माता भए । दोस्रोमा के ? धेरैले सोध्न थाले अब के आउँदैछ ? “के भन्नु ? लेखक पुस्तक लेख्दै छैनन् भने रिसर्च गर्दैछु भन्छन् । मलाई पनि त्यस्तै अवस्था आउन थाल्यो,” रवीन्द्र भन्छन् । 

० ० ०

खगेन्द्रसँगै नै काम गर्ने सल्लाह भयो । ‘पशुपतिप्रसाद’ गर्ने निर्णय गरे । ३० लाख रुपैयाँमा चलचित्र फाइनल गर्ने अनुमानित बजेट निकाले । पोस्टर पनि छापियो । कार्यकारी निर्देशक रवीन्द्र नै हुने भए । खगेन्द्रले कथा लेखिरहेका थिए । प्रोडक्सनको काम रवीन्द्रले सुरु गरे । कफिन बनाइसकेका थिए । 

त्यहीबेला भूकम्प (०७२) गयो । उनकै गाविसमा १२ जनाले ज्यान गुमाए । चलचित्रको काम छोडेर उनी घर मुलपानी (धादिङ) गए । डेढ सयजनालाई खाना खुवाउने कम्युनिटी किचन चलाए । “विवाहका लागि भनेर पार्टी प्यालेसलाई एड्भान्स दिइसकेको थिएँ । क्यान्सिल गरेर पार्टीमा खर्च गर्ने पैसा कम्युनिटी किचनमा खर्च गरेँ,” मैले स्टाटस लेखे, “मैले तपाईंहरुलाई भोज खुवाउने भनेको पैसाले भूकम्पपीडितलाई खाना खुँवाए ।” साढे तीन लाख रुपैयाँ खर्च छुट्टाएको थिएँ । त्यो पैसाले भूकम्पपीडितलाई खाना खुवाएँ । वैशाख २६ गतेबाट सुरु गरेको कम्युनिटी किचन उनले जेठ २६ गतेसम्म चलाए । 

यता, चलचित्र ‘पशुपतिप्रसाद’को युनिटले उनलाई भन्यो- तपाईं कार्यकारी निर्माता बस्नुपर्छ । अरुले सुरु गरिसकेको काममा आफ्नो नाम मात्रै राख्नु उचित ठानेन् । हनुमानको रोल भने गरे । “पछि मलाई केहीले कथा मन नपरेर रविन्द्रपछि हटेको भने तर वास्तवमा त्यस्तो थिएन । भूकम्प नगएको र म घर गएर कम्युनिटी किचन चलाएर एक महिना गाउँ नबसेको भए म कार्यकारी निर्माता नै हुन्थेँ,” उनले प्रष्ट पारे । 

० ० ०

उनी यत्तिकै बसिरहेका थिए । प्रदीप भट्टराईले बोलाएर स्क्रिप्ट सुनाए । पाँच जना मुख्य क्यारेक्टर भएको खुब रमाइलो स्टोरी थियो । रविन्द्रलाई मन पर्‍यो । खेल्छु भने । त्यो बेलामा चलचित्रको नाम ‘जात्रा’ थिएन । अर्कै थियो । प्रदीपलाई भनेको सम्झिन्छन् रविन्द्र, “ठिक छ स्क्रिप्ट मलाई मन पर्‍यो खेल्छु । अरु पनि केही जिम्मेवारी छ भने बहन गरौंला । सँगै टिममा काम गरौंला ।”

सिङ्गे लामाले मसँग पैसा छ चलचित्र बनाउँ भनेर प्रदीपले आँट गरेका थिए । प्रदीपले उनलाई भनेँ, “ल ठिक छ, तपार्ईं प्रोडुसरकै रुपमा आउनुस् न त,” रवीन्द्रले भने, “दाइहरुले बनाउन लाग्नु भएको प्रोजेक्टपछि म आएर पस्दा राम्रो नहोला । म कार्यकारी निर्माता हुँदा मेरो मात्रै नाम आउँछ । निर्माता स्याडोमा पर्छ । त्यस्तो अवस्थामा गाह्रो होला । सिङ्गे दाईहरुलाई राख्नुस् उहाँहरुलाई आपत्ति छैन भने मात्रै आउँछु ।” उनीहरुले हुन्छ भने । रवीन्द्र कार्यकारी निर्माताका रुपमा भित्रिए । 

स्क्रिप्टमा बसे । उनले सिकेको कथामा मन्थन नगरेसम्म राम्रो कथा आउँदैन । स्क्रिप्टमा पनि त्यस्तै । त्यसैले उनी सुरुमै लेखक र निर्देशकलाई भन्छन्, “म निर्माता मात्रै होइन है । कि मलाई चित्त बुझाउनुपर्छ हैन भने म किन यस्तो भनेर प्रश्न गरिरहन्छु ।” 

“कार्यकारी निर्माता भनेर निर्देशकभन्दा पनि माथि बसेर होल टिमलाई टप एंगलबाट हेर्ने जिम्मेवारी हो । कार्यकारी निर्मातालाई विश्वास गरेर निर्माताले लगानी गरेको हुन्छ । उनीहरुको पैसा जोगाउनु कार्यकारी निर्माताको धर्म हो,” उनी भन्छन्, “इमोसनले काम कहाँ पुगेको छ भन्ने बुझ्दैन किन भने इमोसन बग्छ मात्रै त्यस्तो अवस्थामा यस्तो होइन यस्तो होला भनेर बाटो पनि देखाउनुपर्छ ।”

उनी फगत निर्माता मात्रै होइनन् । स्क्रिप्टमा उनी आफू कन्भिन्स नभएसम्म अगाडि बढ्नै दिँदैनन् । “कयौं पटक खगेन्द्रसँग कथाका विषयलाई लिएर मेरो झगडा परेको छ । म उठेर हिँडेको छु,” उनी भन्छन्, “क कन्भिन्स नभएसम्म कसरी म अभिनय गर्न सक्छु र ? र, गरे पनि शतप्रतिशत कसरी दिन सक्छु ।” 

० ० ०

जात्रामा उनले प्रदीपलाई भनेँ, “भोलि कुनै नयाँ डाइलग वा सिन आयो भने म प्रश्न गर्छु । मलाई कन्भिन्स गर्नुपर्छ । फाइनल डिसिजन तपाईंकै हो । तर, मलाई चित्त बुझाउनु पर्छ । म कन्भिन्स भएँ भने मात्रै म खुसी हुन्छु है ।”

‘जात्रा’को कथा र स्क्रिप्टमाथि मन्थन सुरु भयो । सुटिङ डेट लिएर प्रोडक्सन सामग्री भाडामा लिइसकेको थियो । कथामा प्रश्नहरु उठ्न थाले । यता तान्दा उता भत्किने, उता तान्दा यता । सुटिङ डेट नै पछि सर्‍यो । पाँच जना मुख्य पात्रबाट तीन जनामा झरे ।  

रवीन्द्र भन्छन्, “म पैसा मात्रै हालेर निर्माता बन्न सक्दिन होला । किनभने मलाई प्रश्न गर्नुपर्छ । मनमा संकुचन बोकेर ठिकै छ भै त गयो, होस् एकपटकलाई भन्न सक्दिन । प्रदीपजीको सबैभन्दा राम्रो बानी उहाँ अरुको कुरा सुन्नुहुन्छ । त्यसैले उहाँसँग जात्राबाट आज (जात्रैजात्रा) सम्म सहकार्य भइरहेको छ ।” नेपालमा अधिकांश निर्माता पैसामा मात्रै ध्यान दिन्छन् । स्क्रिप्टदेखि नै चासो दिएर कमै बस्छन् । तर, उनी त्यो गर्न सक्दैनन् । हरेक डाइलग र सिनमा खेल्छन् । 

रवीन्द्रलाई कार्यकारी निर्माता चलचित्रको होल टिमको 'वाचडग' हो भन्ने लाग्छ । तर, हाम्रोमा त्यस्तो चलन छैन । अधिकांश निर्माता चुपचाप बस्छन् । अरुको कुरा सुन्ने निर्देशक पनि निकै कम छन् । अरुको सुझाव सुन्यो भने सानो भइन्छ भन्ने मानसिकता निर्देशकमा छ । “त्यसैले होला सयाद हाम्रो कथा, स्क्रिप्ट निर्देशकले सुनाउँदैनन् हाम्रोमा । किन दखाउँदैनन् थाहा छैन तर फिल्म भनेको कलेक्टिभ वर्क हो । हिजो लेखेको डाइलगमा छलफल भयो भने छायांकनमा जाँदासम्म साँध लाग्छ । हैन सिंक्रोनाइज भयो भने त्यसमै सिमित हुन्छ ।” 

इगो नहुने गरी प्रश्न गर्नु कार्यकारी निर्माताको धर्म हो । “कार्यकारी निर्माताले स्क्रिप्ट सुनेपछि दिमागमा त्यसको कल्पना गरेर चलचित्र देख्नुपर्छ,” रवीन्द्र भन्छन्, “यहाँ त निर्माता मात्रै होइन ८० प्रतिशत निर्देशक पनि यस्ता रछन् चलचित्रको एउटा सिन पनि कल्पना नगरी सुटिङमा जाँदारहेछन् ।” 

“निर्देशक, कलाकार र कार्यकारी निर्मातामध्य एकजना राम्रो भएर मात्रै चलचित्र राम्रो बन्दैन । हरेक पक्ष राम्रो हुनुपर्छ,” अन्तिममा रवीन्द्र भन्छन्, “पजलमा गुड पजल खोज्नु कार्यकारी निर्माताको पनि काम हो ।” 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC