site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

गत साता बाढी, पहिरो, डुबान र कटानका घटनाबाट काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा धनजनको ठूलो क्षति भयो । अहिलेसम्म  ६० जनाभन्दा बढीको मृत्यु भएको र अरू कैयौं बेपत्ता र घाइते भएको जानकारी सार्वजनिक भइसकेको छ । बाढीबाट भएको आर्थिक क्षतिको त अनुमान गर्नै पनि महिनौ लाग्नसक्छ । बाढीका कारण लाखौं परिवार प्रभावित भएका छन् । हजारौं परिवारको उठिवास लागेको छ । बाढीग्रस्त क्षेत्रमा खाद्य पदार्थ, बस्ने ठाउँ र लगाउने लुगाफाटाका साथै खानेपानीको पनि अभाव हुन्छ । सधैँजस्तै सुरक्षाकर्मीहरूले उद्धारमा सराहनीय काम गरेका छन् । उद्धार कार्य प्रभावकारी हुन नसकेको भए अरू थेरैको जनधन क्षति हु्नसक्थ्यो । आवश्यक पूर्वतयारी नपुगेकै भए पनि उद्धारमा सरकारी संयन्त्रको सक्रियतालाई दोष दिन मिल्ने देखिँदैन । उद्धारपछिको चरणमा भने सरकारी संयन्त्र सधैँ नै असफल हुने गरेको छ । विसं २०७२ को भूकम्पपछिका गल्तीबाट पनि सरकारी संयन्त्रले पाठ सिकेको देखिएको छैन । 

सडकको छेउ र शासनमा पहुँच भएका व्यक्तिको बस्तीमा आकस्मिक सहायता ओइरिने तर अरू ठाउँमा नपुग्ने रोगको उपचार यसपटक पनि खोजिएको देखिएको छैन । यस्ता विपत्तिमा बालबालिका, बूढापाका, गर्भवती, सुत्केरी, अपांगता भएकाहरू थप जोखिममा पर्छन् । उनीहरूको जीवन अरू सामान्य अवस्थाका मानिसको भन्दा बढी कष्टकर बन्छ । यिनले सहायता लिन हानथाप र लुछाचुँडी गर्न सक्तैनन् । बलिया र सम्पन्नले त खानेबस्ने व्यवस्था अपेक्षाकृत सजिलै र छिटै मिलाउन सक्छन् । मानवीय सहायता वितरण गर्दा सबैभन्दा बढी आवश्यकतामा भएकालाई खोजेर दिने अभ्यास नेपालमा रेडक्रसमा त छैन भने अरू संस्थाबाट अपेक्षा गर्नु पनि मूर्खता हुन्छ । यिनै कारणले आकस्मिक सहायता वितरणमा समन्वय र न्याय हुननसक्ता सधैँजसो अधिकांश पीडित खिन्न र क्रुद्ध हुने गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारीमात्र हैन गैरसरकारी संस्थाले पनि सजिलोमात्र खोज्ने हो भने मानवीय सहायता कार्यमा अगाडि सर्नु हुँदैन । गैरसरकारी संस्थालाई पनि सही ठाउँमा पठाउने र समन्वय गर्ने जिम्मेवारी भने राज्यको हो । विसं २०४५ सालको भूकम्प र २०५० सालको बाढीमा समाज कल्याण परिषद्ले मानवीय सहायताका साथै पुनःस्थापना र पुनर्निर्माणको समन्वय एवं नेतृत्व गरेको थियो । अहिले त्यो संस्था सक्रिय देखिएको छैन । स्थानीय तहका जननिर्वाचित संस्थाहरू अहिले अपेक्षाकृत बढी साधन, स्रोत र शक्ति सम्पन्न भएका छन् । नेपाल सरकारले सहायता कार्य स्थानीय तहबाटै परिचालन गर्ने निर्णय गरेको छ । जनतासँग प्रत्यक्ष सम्पर्क हुने भएकाले बढी आवश्यकतामा भएकाका लागि पहिले सहायता उपलब्ध गराउने गरी सहयोगको मानवीय व्यवस्थापन गर्न स्थानीय तहहरू प्रभावकारी पनि हुनसक्छन् । 

अर्कातिर,  प्रदेश नम्बर २ का जनप्रतिनिधि बढी नै बदनाम भएका छन् । प्रदेश सरकारकाे पनि साख गिरेकै छ । यसैले मानवीय सहायता उनीहरूको मात्र भरमा छाड्दा दुरुपयोग र हिनामिना हुने डर पनि छ । कुनै एक जनाको मात्र पनि बेलामा स्वास्थ्य उपचारलगायत आवश्यक मानवीय सहयोग नपाएर मृत्यु भयो भने सम्पूर्ण सहायता प्रयत्न व्यर्थ हुन्छ । यसैले नेपाल सरकारले निकासा पठाएपछि जिम्मेवारी पूरा भएको ठान्नु हुँदैन । साथै, भूकम्पपछि कारिन्दाहरूको कुरामा लागेर राज्यले गरेको कन्जुस्याइँ र मुख्र्याइँ पनि गर्नु हुँदैन । पीडितको पुनःस्थापना र त्यस क्षेत्रको पुनर्निर्माणमा उदारतापूर्वक लगानी गर्नुपर्छ । मानव विकास र भौतिक संरचनामा लगानी गर्दा बुद्धि पुग्यो भने कहिल्यै हानि हुँदैन । यसैले हामी नेपाल सरकार, सम्बन्धित प्रदेश सरकारहरू र विशेषगरी स्थानीय तहलाई प्राकृतिक प्रकोप पीडितको सहायता र पुनःस्थापनामा कन्जुस्याइँ र मुख्र्याइँ नगरी सक्रिय हुन आग्रह गर्छौँ । गैरसरकारी सामाजिक संस्थाहरूको त कसी नै यस्तै विपत्तिमा लाग्छ ।

Global Ime bank

  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC