site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
एक्लिँदै भारत, अमेरिका–चीन–रुस–पाकिस्तान एकै ठाउँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । संसारका अधिकांश मुलुक अमेरिकासँग नजिक हुन चाहन्छन् । तर अमेरिका यस्तो मुलुक हो जुन कहिले कसलाई त कहिले कसलाई काखी च्याप्ने गर्छ । राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प आएपछि अमेरिकाले कसलाई नजिक र कसलाई टाढा राख्छ भन्ने कुरा थाहा पाउन दिग्गज कूटनीतिज्ञलाई समेत हम्मे पर्न थालेको छ ।

गत साता तालिबानसँग शान्ति सम्झौताको स्वरुप तयार पार्न अमेरिका, रुस र चीनसँग मिलेर पाकिस्तानले भूमिका निर्वाह गर्यो । यसबाट अफगानिस्तानको राम्रो भविष्यका लागि भारतले विगतमा गरेका प्रयासहरु निष्प्रभावी बन्न पुगेको छ । शान्ति सम्झौतामा पाकिस्तान अघि बढ्दा भारतलाई चिन्ता बढ्नु अस्वाभविक पनि भएन । अमेरिकाले यसमा आफ्नो भूमिकालाई केन्द्रीय बनाउन खोजेको छ र अन्यलाई सहायकमा मात्रै । भारत उदाउँदो अर्थतन्त्रका साथै विश्व शक्ति बन्ने यात्रामा छ, तर उसलाई यो यात्राको सफलताका निम्ति अमेरिकी सहयोग आवश्यक पर्छ । 

आर्थिक, प्राविधिक र अन्य उन्नतिले मात्र भारत शक्तिमान बन्न सक्दैन, यसका निम्ति उसको अन्य मुलुकसँगको सम्बन्धको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । विशेषगरी, छिमेकी देशसँगको सम्बन्ध सुमधुर हुनु जरुरी छ । उदीयमान शक्तिको पहाड चढ्ने यात्रामा भारतसँगै चीन पनि तीव्र गतिमा अगाडि बढिरहेको छ । तर यी दुवै देशका निम्ति अमेरिकासँगको सम्बन्धले ठूलै प्रभाव पार्दै आएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

व्यापार–व्यवसायलाई लिएर हेर्दा, चीन र अमेरिकाबीच एक वर्षभन्दा अघिदेखि सम्बन्ध चिसिएको छ । यद्यपि, यी दुई मुलुकले यो समस्या सुल्झाउन वार्ता पनि गर्दै आएका छन् । यी दुई मुलुकबीच ‘ट्रेड वार’ नै सतहमा छताछुल्ल भइसकेको छ । अमेरिकाले सोही नीति भारतमाथि पनि लिने सङ्केत देखाएको छ । भारतलाई दिँदै आएको व्यापार सुविधा उसले हालै खोसेको छ भने भारतीय सामानमा थप शुल्क लगाउने घोषणा गरिसकेको छ । यसले भारतको अर्थतन्त्रमै नकारात्मक असर पार्ने निश्चित छ । यसले भारतको व्यापारघाटा वृद्धि गर्नुका साथै कैयौं रोजगारी खोसिनेछ ।  

अमेरिकाले अफगानिस्तान मुद्दामा रुस र चीनलाई एकैसाथ हिँडाउन सफलता पाएको छ । यसै मुद्दामा गत साता पाकिस्तानलाई पनि सामेल गरेको छ । अहिले पाकिस्तानले तालिबानलाई वार्ताको टेबुलमा ल्याउन अहम् भूमिका निर्वाह गर्दै आएको छ । जुलाई १२ मा पेइचिङमा अफगान शान्ति प्रक्रियामा ‘चौपक्षीय साझा धारणा’ जारी गर्नका निम्ति चारै देश छलफलमा जुटेका थिए ।

Global Ime bank

भारतले जहिले पनि अफगानिस्तानसँग मित्रताको हात अघि बढाएको छ । तर यस्तो मित्रता कायम गर्ने उसको १८ वर्षदेखिको प्रयासलाई यतिखेर नजरअन्दाज गरिएको छ । भारतले यस विषयमा अमेरिकासँग आफ्नो भूमिका खोज्नुपर्नेमा उसलाई बाहिरै राखिएको छ ।   

तालिबान समस्याले भारतमात्र होइन संसारलाई नै चिन्तित पारिदिएको छ । यो समस्या अब अफगानिस्तान र पाकिस्तानको मात्रै रहेन । विश्वकै एक चुनौतीका रुपमा यो रहेको छ । यस्तो महत्वपूर्ण विषयमा भारतलाई अमेरिकाले कुनै भूमिका नदिनु भारतका निम्ति दुःखको कुरा हो । अमेरिकामात्र होइन चीन, रुस, अफगानिस्तानले पनि भारतको भूमिकाबारे कुनै कुरा उठाएका छैनन् ।  

गत साता अमेरिका र तालिबानले आठ बुँदे सम्झौता तय गरेका थिए । सम्झौता वा सहमति जे भए पनि तालिबानले हमला गर्न र आतङ्क फैलाउन भने छाडेको छैन । तर पनि शान्ति सम्झौताको सन्दर्भ अघि बढिरहेकै छ । 

भारतले १८ वर्षभन्दा बढी समय अफगानिस्तानी सरकारसँग सम्बन्ध मजबुत पार्ने काममा जोड दिँदै आयो । यही कारण पनि अफगानिस्तान भारतलाई विश्वास पनि गर्छ । यो अवस्थामा तालिबानका विषय र अफगानिस्तानका बारेमा जेजति काम अघि बढेका छन्, त्यसमा भारत स्वयम् प्रोएक्टिभ हुनुपर्ने कतिपय भारतीय कूटनीतिज्ञको भनाइ छ ।  

(एजेन्सीहरुको सहयोगमा)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC