site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इङ्ल्यान्ड नयाँ विश्व विजेता
Sarbottam CementSarbottam Cement

काठमाडौं । इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको नयाँ च्याम्पियन बनेको छ । आइतबार भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभर मार्फत पराजित गर्दै इङ्ल्यान्ड विश्वकप क्रिकेट २०१९ को च्याम्पियन बनेको हो । इङ्ल्यान्डले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि उचालेको हो ।

लर्डसमा न्युजिल्यान्डले दिएको २४२ रनको लक्ष्य पछ्याएको इङल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै मात्र २४१ रन बनायो । दुबै टोलीको रन बराबर भएपछि खेल सुपर ओभरमा गएको थियो । तर, सुपर ओभरमा समान स्कोर भएपनि बढी बाउन्ड्री प्रहार गरेको कारण इङ्ल्यान्ड उपाधि जितेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

इङ्ल्यान्डलाई उपाधि दिलाउन बेन स्टोक्स र जोस बटलरले अर्धशतकीय पारी खेले । ९८ बल खेलका स्टोक्सले ५ चौका र २ छक्काको सहयोगमा ८४ रन बनाए । ६० बल खेलेका बटलरले ६ चौकाको सहयोगमा ५९ रनको योगदान गरे । 

त्यस्तै इङ्ल्यान्डका जोन्नी बेयरिस्टो ३६ रन जोड्दा जेसन रोयल १७ र लियाम प्लंकेटले १० रनको योगदान गरे । बलिङतर्फ न्युजिल्यान्डका लागि ल्युक फर्गुसन र जिम्मी निशमले समान तीन–तीन विकेट लिए । त्यस्तै न्युजिल्यान्डका म्याट हेनरी र कोलिन डी ग्राण्डहोमले एक–एक विकेट लिए । 

Global Ime bank

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्यान्डका लागि हेनरी निकोलसले अर्धशतक बनाएका थिए । ७७ बल खेलेका हेनरीले ४ चौकाको मदतमा ५५ रन बनाए । ओपनर मार्टिन गुप्टील पवेलियन फर्किएपछि कप्तान केन विलियम्सनसँग साझेदारी गरेका निकोलस लियाम प्लंकेटमार्फत बोल्ड भए ।

टोम लाथम अर्धशतक बनाउन ३ रनले चुके । ५६ बल खेलेका लाथमले २ चौका र १ छक्काको मदतमा ४७ रन बनाए । उनी क्रिस वोक्सको बलमा क्याच भए । कप्तान केन विलियम्सनले ३० रनको योगदान दिए । ५३ बल खेलेका कप्तान विलियम्सन २ चौका प्रहार गर्दै प्लंकेटको बलमा जोस बटलरमार्फत क्याच भए । १८ बलको सामना गर्दै १ छक्का र २ चौकाको मदतमा १९ रन बनाएका गुप्टीललाई वोक्सले एलबिडब्लु धराप पारे ।

जेम्स निसमले १९ रन बनाए । प्लंकेटको बलमा जोय रुटमार्फत क्याच भएका निसमले ३ चौका प्रहार गरेका थिए । रोस टेयलर १५ रनमा मार्क वुडको बलमा एलबिडब्लु शिकार भए । १६ रन बनाएका कोलिन डि क्रिस वोक्सको बलमा क्याच भए । म्याट हेनरी ४ रन बनाउँदै जोफ्रा आर्चरको बलमा बोल्ड भए । मिचेल स्यान्टनरले ५  रन बनाउँदा टेन्ट बोल्ड १ रनमा अविजित रहे ।

इङ्ल्यान्डका लियाम प्लंकेट र क्रिस वोक्सले ३–३ विकेट लिए । मार्क वुड र जोफ्रा आर्चरको नाममा एक–एक विकेट रह्यो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६  ००:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC