site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बनेपा । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका-४ र ५ वडामा पहिरो गई १५ घरपरिवार उच्च जोखिममा रहेका छन् । वडा नं ५ का वडाध्यक्ष राजकुमार गौतमका अनुसार वडा नं ४ मजुवाका १० घरपरिवार र वडा नं ५ का पाँच घरपरिवार पहिरोको जोखिममा परेका हुन् । 

“वडा नं ५ पोखरीचौरीमा बस्ती तलबाट पहिरो गएका कारण ती घरहरु निकै जोखिममा परेका छन्”, वडाध्यक्ष गौतमले भने, “पाँच घरपरिवारमध्ये विनोदप्रसाद चौलागाईं र नवराज चौलागाईं घर छाडेर अन्तै छाप्रोमा गएर बसिरहनुभएको छ ।” अन्य तीन घरपरिवार पनि सुरक्षित स्थानमा सर्नैपर्ने अवस्थामा रहेको उनले बताए ।

वडा नं ४ मजुवाका दीपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागाईंको घरमाथि बाट आएको पहिरोले पुरिएर विस्थापित भइसकेका जनाइएको छ । गाउँपालिकाका अध्यक्ष दीननाथ गौतम, उपाध्यक्ष तारा चौलागाईं र वडा नं ५ का वडाध्यक्ष गौतमले जोखिममा परेका तथा विस्थापित परिवारहरुको अवस्था बुझ्न स्थलगत अनुगमन गरी बाँकी घरपरिवारहरुलाई पनि बेलैमा सुरक्षित स्थानमा सर्न आग्रह गरिसकेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै वडा नं ४ मा रहेको कुशल कृषि उत्पादक समूहको कार्यालय र सोही समूहद्वारा सञ्चालित बाख्रा फार्म पहिरोको जोखिममा परेपछि कामदारहरु सुरक्षित स्थानतर्फ सरिसकेका वडाध्यक्ष गौतमले बताए ।

मृतकका परिवारलाई राहत 

Global Ime bank

घरमाथिबाट पहिरो आई घर भत्केर निधन भएका बनेपा नगरपालिका–३ चुनातालका दङ्गाल परिवारलई गृहमन्त्रालयबाट उपलब्ध रकम आज वितरण गरिएको छ । प्रजिअ उदयबहादुर राना मगर नेतृत्वको टोलीले निधन भएका गोमा दङ्गाल र सुहाबी दङ्गालको घरमा नै पुगेर घरमुली रामप्रसाद दङ्गाललाई नगद रु दुई लाख हस्तान्तरण गरेका हुन् ।

गृह मन्त्रालयले बाढीपहिरोमा परी दुःखद निधन भएका परिवारलाई प्रतिमृतक रु एक लाखका दरले राहत उपलब्ध गराउने व्यवस्था गरेअनुरुप उक्त रकम वितरण गरिएको हो । सो क्रममा नेपाल रेडक्रस सोसाइटी र जिल्ला दैवी प्रकोप उद्धार समितिबाट उपलब्ध गराइएको राहत सामग्रीसमेत प्रजिअ मगरले हस्तान्तरण गरेका थिए ।

राहत हस्तान्तरण गर्न पुगेका प्रजिअलाई पीडित रामप्रसादले घाइते अवस्थामा उपचार भइरहेकी बुहारी सुशीला दङ्गालको उपचारमा छिटोछरितो गर्नाका साथै थप आवश्यक व्यवस्थापनमा समेत सहयोग गरिदिन आग्रह गरे ।

आज नै सहायक प्रजिअ वसन्तराज पुरी नेतृत्वको टोलीले अस्पतालमा नै पुगेर सो घटनामा परी घाइते भएका सुशीलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनको अहिले बनेपास्थित शिर मेमोरियल अस्पताल घोकेचौरमा आइसियुमा राखेर उपचार भइरहेको छ । घाइते तीन महीनाकी शिशु अनुष्का दङ्गालको भने हिजो नै उपचारपश्चात् घर पठाइसकेको जनाइएको छ ।

यसैबीच घाइतेको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च बनेपा नगरपालिकाले व्यहोर्ने नगर प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठले जानकारी दिए । उनले तत्कालका लागि मृतक एक जना बराबर रु पाँच हजारका दरले रकम उपलब्ध गराउने र थप सहयोगका लागि कार्यपालिकाको बैठकले निर्णय गरेर सहयोग गर्ने बताए । अविरल वर्षाका कारण यही असार २७ गते बिहान माथिबाट पहिरो आई घर भत्किँदा दुई जनाको घटनास्थलमा नै निधन भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २९, २०७६  २०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC