site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
अनुमति नदिएपनि एक हजार भन्दा बढी एन्ड्रोइड एपले हाम्रो डाटा लिन्छन्
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । एन्ड्रोइडका १ हजार भन्दा बढी एपहरुले हामीले अनुमति नदिएपनि व्यक्तिगत डाटाहरु हासिल गर्ने गरेको अनुसन्धानमा पत्ता लागेको छ । लोकेसन, ग्यागली, इमेल लगायत फोनका विभिन्न व्यक्तिगत जानकारीको पहुँच पाउन एपहरुले हामीसँग अनुमति माग्ने गरेका छन् तर आफ्ना डाटा अरुको हात लाग्न नदिन सो उपाय पर्याप्त नभएको पाइएको हो । फेडेरल ट्रेड कमिसनको प्राइभेट कनमा प्रस्तुत गरिएको रिपोर्टका अनुसार गुगल प्ले स्टोरका १,३२५ एपहरुले प्रयोगकर्ताले अनुमति नदिँदा समेत व्यक्तिगत डाटाहरु लिने गरेका छन् । 

यसका लागि अनुसन्धानकर्ताहरुले एन्ड्रोइडका ८,८०० एपहरुको निरीक्षण गरेका थिए । कतिपय लोकप्रिय एपहरुले समेत अवैध रुपमा लिएको व्यक्तिगत डाटाको पहिचान भएपछि यसको खुलासा भएको हो । हामीले पर्मिसन नदिँदा नदिँदै पनि एपले लोकेसन लगायतका टुल मार्फत एसडी कार्डका सुरक्षित फाइलहरु सम्मको पहुँच पाउने गरेको बताइएको छ । ती मध्ये चीनको बैदुको डिस्निल्यान्ड एप पनि परेको छ । यस्तोमा गुगलले एन्ड्रोइड क्यु अपरेटिङ सिस्टम मार्फत सबै नयाँ सफ्टवेयरलाई डाटा लिक गर्नबाट जोगाउने योजना बनाइरहेको बताएको छ । 

त्यसैले अहिले विभिन्न कम्पनीहरुले पर्मिसन माँगिरहने एपबाट दिक्क भएका प्रयोगकर्तालाई अन्य विकल्प प्रदान गर्ने प्रयास गरिरहेका छन् । जस्तै एप्पलको नयाँ सेक्युरिटी अपडेट अन्र्तगतको कार्यक्रममा आइओएस १३ ले कुनैपनि एपले हामीलाई अज्ञात रुपमा ट्रयाक गरिरहेको सम्बन्धी नोटिस पठाउने गर्दछ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६  ०५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC