site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
श्रम मन्त्रालयद्वारा ६ उद्यमीलाई सम्मान 
Sarbottam CementSarbottam Cement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा काम गरी फर्किएर स्वदेशमा व्यवसाय गरी उद्यमी बनेका छजना युवालाई नगदसहित सम्मान गरेको छ  । 

आज मन्त्रालयमा आयोजिक एक कार्यक्रमकाबीच श्रम मन्त्री गोकर्ण विष्टले उद्यमीहरुलाई सम्मान तथा पुरस्कृत गरेका हुन् । लामो समय वैदेशिक रोजगारीमा गएर स्वदेश फर्की व्यवसाय गरी रोजगारीसमेत सिर्जना गर्ने युवालाई हौसला स्वरुप सम्मान गरेको बताइएको छ । यसैबीच मन्त्री  विष्टले देशलाई आर्थिक रुपमा बलियो र आत्मनिर्भर बनाउन युवा परिचालनमार्फत पुरानो सोंच र मानसिकता हटाउनु पर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्मानित हुनेमा नवराज पौड्याल, दिपक चापागाई, निरबहादुर राउत, एक बहादुर सिङ्ताङ्, मनोजकुमार भारती, शर्मिला अधिकारी र त्रिलोचा पनेरु रहेका छन् । पुरस्कृत छजनामध्य पाँच जनालाई ५०-५० हजार नगद पदान गरिएको छ भने नवराज पौड्याललाई उत्कृष्ट राष्ट्रिय उद्यमी पुरस्कार स्वरुप एक लाख नगर प्रदान गरिएको छ । 

रोजगारी सिर्जना,  पूँजी लगानी, स्थानीय साधन, आयात प्रतिस्थापन, आयात प्रतिस्थापन तथा सामाजिक उत्तरदायित्व र योगदानको आधारमा उत्कृष्ट पुरस्कार घोषणा गरेको मन्त्रालयले जनाएको छ  ।

Global Ime bank

यसैबीच सम्मानित उद्यमीहरुले मन्त्रालयले गरेको सम्मानले थप हौसला मिलेको बताएका छन् । विदेशमा गएर काम सिक्न र स्वदेशमा उद्यमी बन्न उनीहरुले आग्रह गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २९, २०७६  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC