site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तराई जलमग्न हुँदा पोखरामा भने तीन गुणा कम वर्षा
Sarbottam CementSarbottam Cement

पोखरा । तराई क्षेत्रमा वर्षापछिको विपतले जनधनको क्षति हुँदा पोखरामा भने अघिल्लो वर्षको तुलनामा तीन गुणा कम वर्षा भएको छ । गत साल जुलाई ६ मा २४ घण्टाको अन्तरालमा पोखरामा मात्रै २०० मिलिमिटर वर्षा भएको थियो । तर, यो सिजनमा पोखरामा सबैभन्दा बढी ६ जुलाईमा ७० मिलिमिटर वर्षा भएको पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय पोखराको फिल्ड कार्यालय पोखरा विमानस्थलको तथ्यांक छ ।

अहिले भने जुलाई १४ बितिसक्दा पोखरामा जम्मा २०० मिलिमिटरकै हाराहारीमा वर्षा भएको छ । पोखरामा जुलाईमा मात्रै यसअघिका वर्षमा ९४० मिलिमिटर वर्षा हुने गरेको पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालयका प्रमुख राजाराम ढकालले जानकारी दिए । पछिल्लो २४ घण्टामा विराटनगरमा १२० मिलिमिटर वर्षा हुँदा पोखरामा ३७ मिलिमिटर मात्रै वर्षात भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दैनिक वर्षा हुने पोखरामा जुलाईमा ०.१ मिलिमिटर भन्दा पनि कम पानी परेको कार्यालयको तथ्यांक छ । अघिल्लो वर्षको तुलनामा वर्षा किन कम भयो त ? कार्यालय प्रमुख राजाराम ढकाल भन्छन्, “मौसम कमजोर हुँदै गएको छ, तर पनि जुलाईका अझै दुई हप्ता बाँकी छन्, २–३ दिनमा मौसम फेरि सक्रिय हुनसक्छ, विभागले पनि पश्चिमी क्षेत्रमा मौसम सक्रिय हुने जनाएको छ ।”

उसो त, २०१५ को जुलाई ३१ मा चारघण्टामै २८९ मिलिमिटर वर्षा भएको तथ्यांक पनि छ । तसर्थ, जुलाईको अन्त्यसम्ममा यसअघिका वर्षमा झैँ ९४० मिलिमिटर वर्षा हुनसक्ने सम्भावना रहेको उनी बताउँछन् । अघिल्लो वर्षको तुलनामा कम वर्षा हुनुको कारण प्रि–मनसुन पनि हो । “जनवरीदेखि नै पोखरामा राम्रै पानी प¥यो, अहिलेपनि वर्षात भईरहेकै छ, वर्षा हुनुपर्ने जति सक्रिय नभएतापनि कम भने भन्न मिल्दैन,” उनले भने ।

Global Ime bank

पोखरामा तुलनात्मक रुपमा कम पानी परेतापनि सेती नदीलाई भने जोखिमको रुपमा नै हेरिएको छ । “अलिकति भारी वर्षा हुनासाथ सेतीमा पानीको बहाव बढ्छ, त्यसको सतर्कताको लागि भने पूर्वसूचना ‘अर्ली वार्निङ’ दिइन्छ, जिल्ला प्रशासन कार्यालय कास्की, मौसम पूर्वानुमान महाशाखा र जल तथा मौसम विज्ञान विभागमार्फत सूचना प्राप्त गर्न सकिन्छ,” उनले भने ।

सेती नदीमा २०६९ वैशाखमा आएको बाढीका कारण २८ जनाको ज्यान गएको थियो भने ४२ जना बेपत्ता भएका थिए । यस्तै, २०७२ मा लुम्ले र भदौरेतामागीमा पहिरोका कारण २१ जनाले ज्यान गुमाएका थिए । जल तथा मौसम विज्ञान विभागले गण्डकीका कालीगण्डकी, मोदीखोला, सेती, मर्दीखोला, चेपेखोला, बुढीगण्डकी, लाङटाङ खोला नजिकका बस्ती र बासिन्दालाई सतर्क रहन आग्रह समेत गरेको छ ।

वर्षाका कारण गण्डकी क्षेत्रका सडकहरु अवरुद्ध भएतापनि अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन । बेनी–कोराला सडकखण्ड अन्तर्गत म्याग्दी र मुस्ताङको सीमामा पर्ने काभ्रेभिरमा पहिरो जाँदा यसपटक पनि सडक अवरुद्ध हुनपुग्यो । गतसाल पनि सोही ठाउँमा पहिरो जाँदा ३ दिनसम्म सडक अवरुद्ध हुन पुगेको थियो ।

यस्तै, सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा खण्डमा पहिरो जाँदा यो राजमार्ग पनि अवरुद्ध प्रायः छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २९, २०७६  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC