site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कामनपा न्यायिक समितिको प्रतिवेदन पारित, ९७ मुद्दा विचाराधीन
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौं महानगरपालिका नगरसभाको पाँचौं अधिवेशन सोमबारसम्म जारी रहने गरी आइतबारको कार्यक्रम सम्पन्न भएको छ । नगरसभाले न्यायिक समितिको प्रतिवेदन पारित गरेको छ ।

प्रतिवेदनमा महानगरपालिका न्यायिक समितिमा विभिन्न २७१ मुद्दा आएकोमा १७६ मुद्दा सुल्झिएको बताइएको छ । ९७ वटा मुद्दा हालसम्म विचाराधीन रहेको छ ।

Agni Group

अधिकांश मुद्दाहरु घरभाडा उठाउन नसकेको, छिमेकमा होहल्ला गरेको, नेपाल टेलिकम, एनसेलले घरको छतमा राखेको टावर हटाउन ढिलाइ गरेको र जमिनको साँध सीमाना विवादलगायतका मुद्दा परेका छन् ।
नगरसभाको चौथो अधिवेशनमा वडा सदस्यको काम, कर्तव्य र अधिकारक्षेत्र स्पष्ट नभएको भन्दै निर्वाचित वडासदस्यहरुले असन्तुष्टि व्यक्त गरेका थिए । जसको समाधानका लागि वडानम्बर २३ का वडाध्यक्ष मचराजा महर्जनको संयोजकत्वमा एक कार्यदल गठन गरिएको थियो ।

उक्त कार्यदलले आइतबारको नगरसभामा मेयर शाक्यलाई प्रतिवदेन बुझाएका छन् । “नेपाल सरकारले तोकेको वरियता क्रममा मेयरलाई मात्र सम्बोधन गरेको छ । वडाध्यक्ष र वडासदस्यलाई सम्बोधन गरेको छैन । वडाध्यक्ष र सदस्यलाई पनि बरियता क्रममा राख्नुपर्छ भन्ने हाम्रो माग हो । आज बुझाएको प्रतिवेदन बुझ्दै मेयर ज्यूले माग सम्बोधनका लागि केन्द्रको ध्यानाकर्षण गराउने भन्नु भएको छ,” सभामा सहभागी एक वडाध्यक्षले भने ।

Global Ime bank

आइतबारको नगरसभामा महानगरपालिकाको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ । बजेटबारेमा थप कार्यक्रम भोलि (सोमबार) तीन बजे हुने बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २९, २०७६  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC