site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
भारत पनि चेते हुन्थ्यो ! 
Sarbottam CementSarbottam Cement

बर्सेनि नेपालीहरूलाई पानी नआए खेत रोपिएन भन्ने चिन्ता हुन्छ । पानी आउनेबित्तिकै बाढी, पहिरो र डुबानको पीर लाग्छ । नदीहरू नेपालीका जीवन रेखा हुन् । कहिले कहीँ भने मृत्यु बन्न पुग्छन् । पछिल्लो कालखण्डमा नदीनालाहरूसँग बढी नै छेडछाड गरिएकाले होला बाढी, पहिरो र डुबानजस्ता जलउत्पन्न प्रकोपको मात्रा र गति पनि बढ्दै गएको छ । पहाडी क्षेत्रमा हुने विपत्तिमा मूलतः नेपालीहरू नै जिम्मेवार छन् । तर, तराईमा भने भारतीय पक्षको हेपाहा र अदूरदर्शी प्रवृत्तिका कारण बढी डुबान र बाढीले विध्वंश मच्चाउने गरेको छ । कोसीको बाँधदेखि पश्चिममा बाँकेसम्म भारतले एकतफीरूपमा बनाएको तटबन्ध, बाँध र सडकले पानीको प्राकृतिक बहाव छेक्दा घना बस्तीलगायतको नेपाली भूभाग बर्सेनि डुब्ने गरेको छ । 

कोसीको कहर नयाँ हैन तर कृत्रिमरूपमा यसको बहाव फर्काउन खोज्दा गत वर्षहरू नेपाली भूभागमा बाढी पस्यो । सन् २००८ मा कोसीले तटबन्ध भत्काउँदा नेपाल र भारतमा दुवैतर्फ धनजनको ठूलो क्षति भएको थियो । त्यसैगरी सन् १९९३ मा वाग्मतीमा आएको बाढीले रौतहटलगायतका जिल्लामा ठूलो विध्वंश मच्चाउँदा भारततर्फ पनि ठूलो क्षति भएको थियो । रुपन्देही, कपिलवस्तु र बाँकेका भूभाग पनि बर्सेनि डुब्ने गरेका छन् । मूलतः भारतीय पक्षले निर्माण गरेको संरचनाले पानीको प्राकृतिक बहावलाई रोकेका कारण यी भूभाग डुब्ने गरेका हुन् । यस वर्ष अहिलेसम्म नेपालको पूर्वी र मध्य क्षेत्रमा सरदर मात्रामा पानी परेको छ । यत्तिकैमा यति ठूलो विध्वंश भएको छ भने देशैभर ठूलोमात्रामा पानी परे के होला ?

Prabhu Bank
Agni Group
NIC Asia

पानीको बहाव कमजोर हुँदासम्म भारततर्फ एकतर्फीरूपमा बनाइएका बाँध, सडक र तटबन्धले नेपाली भूमिमात्र डुब्छन् । भारतीय बस्तीहरू बाढीको पानीबाट सुरक्षित हुन्छन् । तर, पानी सधैँ अड्कलेर नेपाली भूभागमात्र डुबाउने गरीमात्र आउँछ भन्न त पक्कै सकिँदैन । सरदरभन्दा धेरै पानी परेर गौरमा पाँच फिटभन्दा बढी पानी जमेको हैन । बर्खाको पानी जाने प्राकृतिक बाटो भारतले थुनेकाले नेपाली भूभाग डुबेको हो । कुनै पनि क्षण ठूलो पानी पर्न सक्छ । नदीनालामा पानीको मात्रा साह्रै धेरै भयो भने थुन्न सकिँदैन । त्यसपछि त ओरालोतिरै जाने हो । त्यतिबेला प्राकृतिकरूपमा परेकोमात्र हैन निकास थुनिएर जमेको पानीसमेत थप वेगले बग्छ । त्यस अवस्थामा भारतले नदीको प्राकृतिक बहाव रोक्न बनाएको कृत्रिम संरचनाबाट भारतको भूभागमा पनि अकल्पनीय विध्वंश हुनेछ । 

दुर्भाग्य, वातावरण विनाशले ल्याउनसक्ने विपत्तिप्रति नेपाली पक्ष उदासीन रहेजस्तै भारतीय पक्ष पनि सीमा क्षेत्रमा गरिने निर्माणले ल्याउने विपत्तिप्रति अदूरदर्शी र संवेदनहीन देखिएको छ । संसारकै सबैभन्दा ठूलो लोकतन्त्र भएको दाबी गर्ने भारतले छिमेकका जनतालाई मात्र हैन आफ्नै नागरिकमाथि पनि विध्वंश थोपरेको छ । विडम्बना, कृत्रिम संरचना निर्माण वा प्राकृतिक स्रोतको दोहनका कारण मारमा पर्ने जनताले न त्यसको निर्णय गर्न पाउँछन् न त्यसबाट उनीहरूलाई कुनै लाभ नै हुन्छ । नेपालका राजनीतिक दलका नेताहरू विशेषगरी भारतीय संस्थापनाको नजिक देखिन चाहने मधेसी दलका नेता अहिलेको विपत्तिमा समेत मौन देखिए । भारतीय संस्थापनले कहिल्यै सहयोग नगरेको तर आफूलाई भारत निकट ठान्ने नेपाली कांग्रेसले रौतहटमा ढोका खोल्न भारतलाई भन्न सरकारको ध्यानाकर्षण गरेर दायित्व पूरा भएको ठान्यो । सधैँ भारतीय प्रभुत्वको विरोध गर्ने सत्तारुढ कम्युनिस्टहरूले त झन् मुखै खोलेनन् । 

Global Ime bank

भारतीय बाबुहरूको धिङ्न्याइँ र मूर्खताको विरोध नगरेर संस्थापनाको चाकरी गर्नेहरू प्रकारान्तरले त्यहाँका जनताका भने वैरी हुन पुगेका छन् । यसैले अब भारतीय जनतालाई त्यहाँको सरकारले निर्माण गरेको कृत्रिम संरचनाले निम्त्याउन सक्ने विध्वंशका बारेमा जनस्तर र सञ्चार माध्यमले नै जगाउनुपर्ने देखिन्छ । नेपालले भारतसँगको वार्तामा सबैभन्दा प्राथमिकता दिएर सीमा क्षेत्रमा बनेका संरचनाबाट नेपाली जनताले पाएको सास्ती र भारतीय जनताले भोग्नुपर्ने जोखिमको विषय गम्भीरता पूर्वक उठाउनु जरुरी छ । भारतले पनि नेपालसँग जलस्रोतको उपयोगमा साझेदारी गर्ने हो भने जनस्तरमा विश्वासको वातावरण निर्माण गर्नुपर्छ । सीमा क्षेत्रका अधिकांश बासिन्दा भारतीय ज्यादतीबाट पीडित छन् । उनीहरूको भारतीय जनतासँग निकट सम्बन्ध त छ तर भारत सरकारप्रति पटक्कै सद्भाव छैन । यस्तो अवस्था भारतकै लागि पनि हितकर हुँदैन । कम्तीमा बर्खाको पानीको व्यवस्थापन प्राकृतिक बहावलाई नबिथोलीकन गर्न सकिन्छ भन्ने दुवै पक्षले आत्मसात् गरेहुन्थ्यो । नेपाल र भारत दुवैतिरका सरकारले अकल्पनीय विध्वंश नहुँदै चेत्लान् त ?

कमलामाई नदी क्षेत्रमा डुबानमा परेको बस्ती । तस्बिर :नेपाली सेना

        

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २९, २०७६  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC