site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘परराष्ट्र मन्त्रालयमा न फोन उठ्छ, न इमेलको जवाफ पाइन्छ, त्यसैले राजीनामा दिएँ’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । श्रीलंकाका लागि नेपालका राजदूत प्रा. डा. विश्वम्भर प्याकुरेलले आफ्नै देशको प्रशासनिक नेतृत्वले राजदूतलाई जनावरजत्ति पनि महत्व नदिएकोले चित्त दुखेर राजीनामा दिएको बताएका छन् । बाह्रखरीसँग आइतबार बिहान श्रीलंकाबाट लामो कुराकानी गर्दै डा. प्याकुरेलले भने, ‘‘मैलै २४ महिनामा २४ वटा प्रतिवेदन बुझाएँ । इमेल लेखें । तर मन्त्रालयबाट कुनै पनि जवाफ आएन । त्यही भएर मैले डेढ महिनाअघि राजीनामा दिएको हुँ । अहिले स्वीकृत भएछ ।’’

उनले भने,‘‘मेरो कुनै पनि कुराको जवाफ नआएपछि नेपाली करदाताको रकमबापतको तलब खाएर बसिरहन मन लागेन । त्यसैले राजीनामा दिएको हुँ । म आफैंपनि केही काम गरेर नेपालमा बसिरहेको मान्छे हुँ । यस्तो ‘ह्युमिलिएसन’ सहेर बस्न मन लागेन ।’’

उनको राजीनामा गएको मंगलबार सरकारले स्वीकृत गरेको थियो । ‘‘मैले राजीनामा स्वीकृत भएको गएको शुक्रबार थाहा पाएँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मलाई पुनर्विचार गर्न आग्रह गर्नुभएको थियो । तर पुनर्विचार गर्न मन लागेन,’’ डा. प्याकुरेलले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

आफूलाई श्रीलंकामा उच्च महत्व दिइएको जनाउँदै श्रीलंकाका विदेशमन्त्री आफूलाई भेट्न आउने गरेको र कर्मचारीहरुले पहिलोपटक यस्तो देखेको भनेर आश्चर्य मानेको उल्लेख गर्दै प्रा.डा. प्याकुरेलले आफ्नो देशमा भने कुनै कुराको सुनुवाइ नभएकोमा आफ्नो चित्त दुखेको जनाए ।

उनले श्रीलंकामा गएको अप्रिल २१ तारेखमा भएको बम विस्फोटको संसारभर चर्चा भएपनि त्यहाँ रहेका नेपालीको अवस्था के छ भन्ने बारेमा परराष्ट्र मन्त्रालयले कुनै चासो नदेखाएको उल्लेख गर्दै प्याकुरेलले भने, ‘‘बरु परराष्ट्रमन्त्रीले फोन गरेर के छ त्यहाँको अवस्था भनेर सोध्नुभयो । तर प्रशासनिक नेतृत्वले कुनै चासो दिएन ।’’

Global Ime bank

उनले आफूले सह्य नभएर राजीनामा दिएको चर्चा गर्दै अरु देशमा रहेका नेपाली राजदूतको हालत पनि त्यस्तै भएको बताए । आफूले कुटनीति रामै्र रुपमा चलेको होला भन्ने ठानेकोमा अहिले आफूले भोगेपछि वास्तविकता थाहा पाएको जनाए । उनले आफूसँगको कुराकानीमा अरु देशमा रहेका राजदूतले पनि त्यस्तै अप्ठेरो अनुभूति सुनाएको  तर उनीहरुले छोड्न नसकेको बताए ।

‘‘पहिला आइहालियो । मैले परराष्ट्रमन्त्रीलाई पहिला पनि अप्ठेरो छ भने मलाई फिर्ता बोलाउँदा पनि हुन्छ भनेको थिएँ । तर, फिर्ता बोलाइएन । तर काममा कुनै सहयोग नपाएपछि काम गर्न मन नलागेर छोडेको हुँ,’’ डा. प्याकुरेलले भने । 

आफूले चार दशकदेखि विश्वविद्यालयमा पढाएको उल्लेख गर्दै नेपालमा आएर अब स्वतन्त्र रुपमा काम गर्ने उल्लेख गरे । उनको भनाई थियो,‘‘परराष्ट्र मन्त्रालयमा न फोन उठ्छ, न इमेलको जवाफ पाइन्छ । यस्तो अवस्थामा ट्याक्स पेयरको पैसा खाएर अनि मर्सिडिज चढेर के बस्नु ?’’

आफू राजदूत हुनुभन्दा अघि पनि विश्व बैंकको सल्लाहकारको रुपमा काम गरेको उल्लेख गर्दै भने,‘‘मलाई नपुग्दो केही थिएन । तर त्यस्तै परेर आइयो । तर कुकुर बिरालोजत्तिको पनि मान्यता आफ्नै देशबाट नपाउँदा ग्लानि भएर राजीनामा दिएँ ।’’

डा. प्याकुरेल शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारका पालामा राजदूत नियुक्त भएका हुन् । त्यतिबेला नियुक्त भएमध्ये अन्यलाई यसअघि सरकारले फिर्ता गरेकोमा जापानका लागि नेपालका राजदूत प्रतिभा राणा र श्रीलंकाका लागि राजदूत प्याकुरेल मात्रै काम गर्दै आएका थिए । तर, प्याकुरेललाई असहयोग भएपछि उनले अहिले राजीनामा दिएका हुन् ।

प्रा.डा. प्याकुरेलले भने, ‘‘म ३१ जुलाई(साउन १५) गते स्वदेश फर्किनेछु । दरबारमार्गमा एउटा कार्यालय छ । फर्केर त्यहीँ काम गर्नेछु ।’’

तस्बिरः फेसबुकबाट 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २९, २०७६  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC