site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
बाढीले बगायो जनताको ज्यान, प्रधानमन्त्रीको झुठो बयान
Sarbottam CementSarbottam Cement

गएको साताको अन्तिमतिर अचानक बढेको वर्षापछि आएको बाढी, पहिरो र भेलले अहिलेसम्म करिब ४३ व्यक्ति मृत्युको शिकार भइसकेका छन् भने ३० जना जति हराइरहेका छन् । तर, बाढीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिकरुपमा दिएको झुठो अभिव्यक्ति पनि बगेर गएको छ । बाढीको क्षतिको समाचारसँगै खोलामा सहर पसेको चर्चा यसपल्ट पुनः चर्चित बनेको छ । तर, पानी रोकिएको केही दिनमा नै सो चर्चा अर्को वर्ष बाढी घरघर नपसुन्जेलसम्म सेलाएर जान्छ । त्यस्तै प्रधानमन्त्रीले बोलेको झुठको चर्चा पनि बाढीले गर्दा यसपल्ट हराउँदै गएको छ र अर्को ठूलो झुठ बोलेको प्रमाणित नहुँदासम्म जनताको स्मृतिपटलबाट लोप हुँदै जानेछ ।


भारतबाट आएको तरकारीमा सरकारले विषादी परीक्षणगर्ने निर्णय गरेको केही दिन नबित्दै भारतीय दूतावासले औपचारिक पत्र लेखेरै भारतबाट परीक्षण प्रमाणपत्र लिएर आएका तरकारीलाई नेपालले पुनः परीक्षण गर्न र रोक लगाउन नपाउने दबाब दिएको थियो । नयाँ पत्रिकाले मंगलवारको अंकमा सिलसिलेवार रुपमा लेख्यो – जेठ १० गतेको मन्त्रिपरिषद्ले भारतसहित तेस्रो मुलुकबाट आयात गरिने तरकारी तथा फलफूलको नाकामै विषादी परीक्षण गरिने निर्णय गर्‍यो । असार ३ गते राजपत्रमा उक्त निर्णय प्रकाशित भएपश्चात सीमा नाकामा परीक्षण सुरुभयो । असार १४ गते भारतले सरकारलाई पत्र लेख्दै सो परीक्षण बन्द गर्नुपर्ने माग ग¥यो । परराष्ट्रले १५ असारमा कृषि र वाणिज्य मन्त्रालयलाई आवश्यकताअनुसार कार्यान्वयन गर्न पत्र लेख्यो । असार १७ मा कृषि मन्त्रालयले पूर्वाधारको कमी भन्दै विषादी परीक्षण नगर्ने निर्णय ग¥यो । असार १८ मा वाणिज्य मन्त्रालयले तत्कालका लागि विषादी परीक्षण नगर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लग्यो । असार १९को मन्त्रिपरिषद्को बैठकले वाणिज्यको प्रस्ताव पारित गर्दै विषादी परीक्षण रोक्ने निर्णय गर्‍यो । 

Prabhu Bank
Agni Group
NIC Asia

मंगलवारको कान्तिपुरले मुख्य समाचार बनाउँदै लेख्यो – असार १४ गते नै आएको पत्रका बारेमा प्रधानमन्त्रीले असार २१ गते नेकपा  (नेकपा)को संसदीय दलको बैठकमा परीक्षण रोक्न कुनै पत्र नआएको दाबी गरे । सो समाचारसँगै कान्तिपुरले भारतीय दूतावासबाट आएको पत्रको फोटो नै सार्वजनिक ग¥यो । हिमालय टाइम्सले पनि सोही दिन भारतीय दूतावासको पत्रका कारण परीक्षण रोकिएको समाचारलाई मुख्य बनाउँदै पत्रको सार प्रकाशित ग¥यो । बुधबारका पत्रिकाले पत्रका बारेमा सार्वजनिक गरेपछि प्रधानमन्त्री ओलीले आफूलाई सो पत्रको बारेमा कसैले नभनेको टिप्पणी गरे । सो टिप्पणीको विषयमा पनि कान्तिपुरले बिहीवार समाचार बनायो । 

बुधवारनै सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै सरकारले विषादी परीक्षण रोक्न लिएको निर्णय कार्यान्वयन नगर्न आदेश दियो । यो आदेशलाई पनि दैनिक पत्रिकाले महत्त्वकासाथ प्रकाशित गरे र राजधानीले सर्वोच्च अदालतको आदेशलाई मुख्य समाचार नै बनायो । कान्तिपुरले पनि त्यसलाई एक कोलमको मुख्य समाचारको रुपमा प्रकाशित ग¥यो । नागरिक, हिमालय टाइम्स तथा गोरखापत्रले पनि यस समाचारलाई स्थान दिए । 

Global Ime bank

शुक्रवारको पत्रिकामा प्रधानमन्त्रीले माफी मागेको विषयलाई लिएर ठूलो समाचार प्रकाशित भयो । हरेक साता बिहीबार प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रममा प्रधानमन्त्रीले सो पत्रका बारेमा आफूलाई थाहा नदिइएको हुनाले आफू लज्जित भएको भन्दै क्षमायाचना गरे । सो समाचारलाई शुक्रवारको अन्नपूर्ण पोस्टले मुख्य समाचारको रुपमा प्रस्तुत गर्‍यो । सोही दिनको नागरिकले पनि त्यस विषयलाई मुख्य समाचारको स्थान दियो । कान्तिपुरले ‘प्रधानमन्त्री लज्जित –मन्त्रीहरू पन्छिए’ शीर्षकमा समाचार बनायो । 

शुक्रवारको अन्नपूर्ण पोस्टले सम्पादकीय लेख्दै प्रधानमन्त्रीलाई अनभिज्ञ किन राखिन्छ भन्ने प्रश्न गरेको छ । झुक्याएको या डुबाएको तर्क नियमित भइरहँदा शासनकर्ताकै क्षमतामा प्रश्न उठ्ने भन्दै पोस्टले लेखेको छ – शासनकर्ताले आफूलाई अनभिज्ञ राखिएको तर्क दिएर छुटकारा पाउँदैनन् । पोस्ट लेख्छ) आफूलाई झुक्याउनेलाई कारवाही गर्न सक्नुपर्छ होइन भने ‘नैतिकताको आधारमा आफैले पद छाड्नु’ पर्छ ।  

तस्बिरः प्रधानमन्त्रीको सचिवालय 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २९, २०७६  ०९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC