राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २०६औं जन्मजयन्तीको अवसरमा आज बिहानै शुभकामना सन्देश दिएका छन् । उनले भानुभक्तको कविता अंश उद्धृत गर्दै ट्विट मार्फत शुभकामना दिएका हुन् । उनले उद्धृत गरेका पंति यस्ता छन्ः
‘‘रिस राग कपट् छल छैन जहाँ
तब धर्म कति छ कति छ यहाँ
पशुका पति छन् रखवारी गरी
शिवकी पुरी कान्तिपुरी नगरी ।’’
प्रधानमन्त्रीले ट्विटमा भनेका छन्,‘‘नेपाली भाषालाई लेख्य परम्परामा स्थापित गरी नेपाली बाङमयमा अभूतपूर्व योगदान पुर्याउनुभएका आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्म जयन्तीको हार्दिक शुभकामना ।’’
प्रकाशित मिति: आइतबार, असार २९, २०७६ ०८:३६
प्रतिक्रिया दिनुहोस्