site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जन्मेको चारघण्टामै पाल्पाबाट चोरी भएको शिशु स्याङ्जामा फेला 
Sarbottam CementSarbottam Cement

काठमाडौं । जन्मेको चारघण्टामै पाल्पाबाट चोरी भएको नवजात शिशु स्याङजाको मिर्मीमा फेला परेको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेजमा जन्मिएको बच्चा चारघण्टामै चोरी भएको थियो । शुक्रबार दिउँसो पाल्पाबाट हराएको बच्चा शनिबार बिहान स्याङ्जाको मिर्मीमा सकुशल फेला परेको हो ।
शुक्रबार सुत्केरी बेथा लागेर पाल्पा तानसेन ९ की २२ वर्षीया जमुना राना लुम्बिनी मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।

जमुनाले शुक्रबार दिउँसो नै छोरालाई जन्म दिएकी थिइन् । नातिलाई जिम्मा लिएकी जमुनाकी आमाले सुत्केरी छोरीलाई ज्वानोको झोल लिनका लागि नातिलाई नै काखमा लिएर क्यान्टिनमा पुगेकी थिइन् । त्यहीबेला सँगै गएकी एकजना महिलाले मैले समातिदिन्छु भनेपछि जमुनाकी आमा ज्वानोको झोल पु¥याउन गएको मौका पारेर स्याङ्जाकी विमकला पाण्डेले लिएर हिँडेकी थिइन् ।

उनी मेडिकल कलेजबाट बाहिरिएर बुटबलबाट पोखरा जाँदै गरेको बसमा चढेकी चढिन् । स्याङ्जाको जिरोमा झरेपछि उनी अर्को जिप लिएर मिर्मी पुगेको अनुसन्धानपछि खुलेको छ । नवजात शिशु हराएपछि मेडिकल कलेजमा हल्ला मच्चिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कसरी भेटियो त मिर्मीमा ?

रिपोर्टिङमा पुगेका पाल्पा जनचेतना दैनिकका प्रकाशक तथा सम्पादक जगदिश भट्टराईले सीसीटीभी फुटेज हेरेर शंकास्पद महिलाको पहिचान गरेको जानकारी दिएका छन् । बाह्रखरीसँग कुरा गर्दै उनले भने, “मैले सीसीटीभी फुटेज हेरेर शंकास्पद महिलालाई कतै देखेजस्तो लाग्यो । उनका बारेमा बुझ्दै जाँदा गुल्मीमा रहेका आफन्तसहित धेरैजनालाई टेलिफोन गरेपछि एकजना महिलाले बच्चा लिएर मिर्मी पुगेको भन्ने जानकारी पाएपछि म लगायत केही साथिहरु राति मै मिर्मी पुग्यौं ।”

Global Ime bank

बच्चा चोरी गर्ने विमकला मिर्मीमा रहेको कालीगण्डकी जलविद्युत आयोजना स्थलमा रहेको विद्युत् प्राधिकरणमा सरसफाईको काम गर्ने उनले जानकारी दिए ।

“हामी राति नै मिर्मी पुगेर ती महिलाले बच्चा ल्याएको–नल्याएको भन्ने विषयमा सुक्ष्म अनुसन्धान गर्‍यौं । उनले बच्चालाई ल्याएर तेल लगाएर राम्रोसँग राखेकी छन् तर उनी सुत्केरी होइनन् भन्ने जानकारी पाएपछि मात्रै प्रहरीलाई खबर गर्‍यौं । तर पनि प्रहरी आउन ढिला गर्‍यो । प्रमुख जिल्ला अधिकारीलाई नै खबर गरेपछि प्रहरी आएर विमकलालाई नियन्त्रणमा लियो,”भट्टराईले भने ।

फेला पारेका बच्चा जमुनाकै भएको पुष्टि भएको थियो । उनको हातमा लगाइएको लुम्बिनी मेडिकल कलेजको छापसहितको नाम कायमै रहेकाले बच्चा जमुनाकै भएको पुष्टि भएको थियो । शनिबार बिहान पक्राउ परेकी विमकलालाई पाल्पा ल्याइएको छ । उनको पहिलो श्रीमानतर्फ दुई छोरी रहेका र अर्को श्रीमान् विदेशमा रहेकाले चोरी गरेको प्रारम्भिक बयान दिएकी छन् ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएको बताएको छ ।
तस्बिरः शितलपाटीबाट 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २९, २०७६  ०५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC