site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मन्‍त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन - ‘भ्रष्टाचार नियन्त्रण गर्न अनुगमनको पनि अनुगमन गर्नुस्’
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास, निर्माणको काममा तीव्रता दिन सबै मन्त्रालयलाई सचेत गराएका छन् । 

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउन ‘अनुगमनको पनि अनुगमन’ गरेर अघि बढन पनि सम्बन्धित सबै निकायलाई कडा निर्देशन दिएका छन् ।

Agni Group

शुक्रबार मन्त्रालयहरुको कामको समीक्षात्मक बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले विकास, निर्माणको काममा तीव्रता दिन मातहतका सबै निकायलाई निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिए ।

समीक्षात्मक बैठकमा मन्त्रीहरुले आफ्नो एक वर्षे कार्यकाल मुलुकको समृद्धिको आधार निर्माणमा केन्द्रित भएको कार्य प्रगति विवरण प्रधानमन्त्री ओली समक्ष पेश गरेका थिए । 

Global Ime bank

संघीयता कार्यान्वयनका लागि कानुनी, संस्थागत र नीतिगत संरचना तय गर्ने काम एक वर्षको कार्यकालमा भएको विवरण मन्त्रीहरुले प्रधानमन्त्री समक्ष पेश गरेको प्रवक्ता कुँवरले बताए । त्यसले मुलुकको समृद्धिका लागि आधार निर्माण गरेको प्रधानमन्त्री ओलीको निष्कर्ष थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  २३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC