site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उद्धार र राहतमा जुटन प्रधानमन्त्री ओलीको निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितको तत्काल उद्धार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।

सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितहरुको तत्काल उद्धार गरी राहत र उपचारमा जुटन प्रधानमन्त्री ओलीले मातहतका सबै निकायलाई निर्देशन दिएको जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रालयहरुको समीक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुबानमा परेकाहरुको उद्धारमा जुटन मातहतका सबै निकायलाई निर्देशन दिए । मन्त्री बास्कोटाले प्रधानमन्त्री ओलीले सर्लाहीको मलंगबारको डुबान समस्या भारत सरकारसँग कुरा गरेर खुलाएको पनि बताए । त्यसैगरी प्रधानमन्त्री ओलीले रौतहटको डुबान समस्या समाधान गर्न पनि भारत सरकारसँग कुरा पनि गरेका छन् ।

सरकारी तथ्यांक अनुसार हालसम्म बाढी, पहिरो र डुबानबाट देशभरका गरी ६ जनाको ज्यान गएको पुष्टि भएको छ भने १३ जना घाइते भएको र ७ जना वेपत्ता भएका छन ।

Global Ime bank

मन्त्री बास्कोटाले डुबान समस्याबाट सतर्कता अपनाउन आवश्यक सूचना प्रणालीको व्यवस्था गरिएको पनि बताउनु भयो । बिहीबार साँझबाट सुरु भएको अविरल वर्षासँगै देशका विभिन्न भाग बाढि, पहिरो र डुबानको चपेटामा परेको छ । 

मन्त्री बास्कोटाले राजधानी काठमाडौंसहित पर्सा, भोजपुर, रामेछाप, सिन्धुली, खोटाङ, काभ्रे, सर्लाही, रौतहटलगायतका जिल्ला डुबान, बाढी र पहिरोको चपेटामा परेको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC