site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले देशका विभिन्न स्थानमा रहेका पेट्रोलियम पदार्थको उत्खनन्का लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका उद्योगीसँग छलफल भइरहेको बताएका छन् । 
घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत एकीकृत कर्मचारी सङ्घको छैठौँ केन्द्रीय अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री पाण्डेयले स्वदेशी स्रोत साधनलाई उपयोग गरी राष्ट्र निर्माणको कार्य अगााडि बढाइने बताए । मुलुकमा आर्थिक समृद्धि कायम गर्न देशमा औद्योगीकरण गर्नुपर्नेमा उनले जोड दिए ।  
शनिबारसम्म चल्ने अधिवेशनमा ४८ जिल्लाका एक सय बढी प्रतिनिधि सहभागी छन् । अधिवेशनमा संविधानअनुसार मुलुकमा कायम भएका सङ्घीय संरचना अनुकूल कर्मचारीको व्यवस्थापन तथा उनीहरुको क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिमको प्रबन्ध गर्नुपर्ने, कर्मचारी तथा व्यवस्थापनका बीच हुने तिक्तता न्यूनीकरणका विषयमा छलफल हुने बताइएको छ । 
कार्यक्रममा पूर्वअध्यक्ष धनराज पन्त, विनोददेव पन्त, तिलक अधिकारी, राजेन्द्र मिश्रलगायतलाई सम्मान गरिएको थियो । रासस
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १४, २०७३  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC