वाशिङ्टन । अमेरिकाको मिसिसिपी राज्यका गभर्नर पदका रिपब्लिकन पार्टीका एक जना उम्मेदवारले आफ्नो चुनावी अभियानका क्रममा एक जना महिला पत्रकारलाई लग्न नमानेको विषय विवादमा आएको छ । १५ घण्टा लामो ३६ वर्षिय रोबर्ट फोस्टरको चुनावी यात्राका क्रममा एक जना महिला पत्रकार पनि जान चाहेको भएपनि आफ्नी पत्नीले एक्लै विपरीत लिंगी सँग नहिंड्न भनेको भन्दै उनले महिला पत्रकारलाई लग्न अस्वीकार गरेका थिए ।
उनले महिला पत्रकारले आफूसँग पुरुष साथी पनि ल्याएमा मात्रै सँगै लगेर अन्तर्वार्ता दिने जनाएका थिए । महिला पत्रकार ४० वर्षिया लरिसन क्याम्पबेलले ती उम्मेदवारले विवाहमा कुनै शंकाको वातावरण नहोस् भनेर त्यसो गरेको बताएको जनाएकी छन् ।
उनीहरुलाई सीएनएनले समेत सो विषयमा कुरा गरेको थियो । विश्वव्यापी चलिरहेको ‘मी टु’ अभियानले गर्दा पनि महिलासँग एक्लै हिंड्न अप्ठेरो परेको फोस्टरले बताएका छन् । महिला पत्रकारले भने ती उम्मेदवारले महिलालाई यौनका हिसाबले मात्रै हेरेको भनेर आलोचना गरेकी छन् ।
(बीबीसी)