site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अस्ट्रेलियालाई हराउँदै इङ्ल्यान्ड फाइनलमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इङ्ल्यान्डले फाइनलमा न्युजिल्यान्डसँगको भेट पक्का गरेको हो । 

१४ तारिखमा लर्डसमा हुने फाइनल खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्ने भएका छन् । एड्बेस्टोनमा अस्ट्रेलियाले दिएको २२४ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३२ ओभर १ बलमा मात्र २ विकेट गुमाउँदै २२६ रन पूरा गर्‍यो । 

इङ्ल्यान्डका लागि जेसन रोय अर्धशतकीय पारी खेले । ६५ बल खेलेका रोयले ९ चौका र ५ छक्काको सहयोगमा ८५ रन बनाए । त्यस्तै इङ्ल्यान्डका र जोए रुटले ४९ रन जोड्दा इयान मोर्गान ४५ र जोन्नी बेयरिस्टो ३४ रनको योगदान गरे । बलिङतर्फ अस्ट्रेलियाका लागि मिचल स्टार्क र प्याट कमिन्सले समान एक–एक विकेट लिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै मात्र २२३ बनाएको थियो । अस्ट्रेलियाका लागि स्टेभन स्मिथले सर्वाधिक ८५ रन बनाए । १ सय १९ बल ६ चौका प्रहार गरेका स्मिथ रनआउट भए । मिचेल स्टार्कले २९ रनको योगदान दिए । ३६ बल खेल्दै १ चौका र छक्का प्रहार गरेका स्टार्क वोक्सको बलमा बटलरमार्फत क्याच भएका थिए ।

एलेक्स केरीले ४६ रनको योगदान गरे । अर्धशतक बनाउन ४ रनले चुकेका केरीले ४ चौका प्रहार गर्दै आदिल रासिदको बलमा क्याच भए । ग्लेन म्याक्सवेलले २२ रन बनाए । २३ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । म्याक्सवेल जोफ्रा आर्चरको बलमा इयोन मोर्गनमार्फत क्याच भए । ओपनर डेबिड वार्नर ९ रनमा क्रिस वोक्सको बलमा बेरियस्टोमार्फत क्याच हुँदा प्याट कुमिन्स ६ रन तथा पिटर हेन्ड्कोम्ब ४ रनमा पवेलियन फर्किएका थिए ।

Global Ime bank

कुमिन्स रासिदको बलमा रुटमार्फत क्याच हुँदा पिटर बोल्ड भएका थिए । कप्तान एरोन फिन्च र मार्कुस स्टानिसले खाता नै खोल्न सकेनन् । कप्तान फिन्च बोल्ड हुँदा मार्कुस एलबिडब्लु धरापमा परेका थिए ।

नाथन लियोनले ५ रन बनाए । जेसन बेरेनड्रफ १ रनमा पबेलियन फर्किए । इङल्यान्डका क्रिस वोक्स र आदिल रासिदले समान तीन–तीन विकेट लिए । जोफ्रा आर्चरले एक विकेट लिँदा मार्क वुडले एक विकेट लिए । 

यो जितसँगै इङ्ल्यान्डले चौथो पटक एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । इङ्ल्यान्डले हाल सम्म उपाधि भने उचाल्न सकेको छैन् । उता साविक विकेट रहेको अस्ट्रेलिया सेमिफाइनबाट नै आउट भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  २२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC