site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
वाणिज्य बैंकको कर्जामा नेपाल घरेलु तथा साना उद्योग महासंघले उद्यमीलाई सहजीकरण गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र राष्ट्रिय वाणिज्य बैंकबीच लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बैंकको केन्द्रिय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरे ।

सहमति अनुसार रावा बैंकले निर्धारण गरेको विधि र प्रक्रियामा महासंघले विभिन्न कर्जामा सदस्य उद्यमीहरुलाई सहजीकरण गर्ने छ । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गिरीले यस सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच पुर्‍याउन सहज हुने बताए । झण्डै ३५ हजार उद्यमी साधारण सदस्य रहेको र ६० जिल्लामा जिल्ला महिला उद्यमी समिति अन्तर्गत ११ हजार भन्दा बढी महिला उद्यमीहरु रहेको र २४ वटा वस्तुगत संघहरु समेतको गणना गर्दा झण्डै अर्को एक लाख उद्यमी सदस्य रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले औद्योगिक क्षेत्रको एउटा प्रमुख संस्थासँग सरकारद्घारा घोषित सहुलियत कर्जा प्रवाहमा गरिने सहकार्यले उद्यमशीलताको विकास हुन गई सुखी नेपाली, समृद्घ नेपालको राष्ट्रिय अभियानलाई सहयोग पुर्‍याउने बताए ।

सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तरगत महिला उद्यमशीलता कर्जा, व्यवसायिक कृषि तथा पशुंक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जा, दलित समुदाय व्यवसाय कर्जा रहेका छन् भने नियमित कर्जा अन्तरगत स्वच्छ वातावरणीय सवारी साधन कर्जा र लघु, घरेलु तथा साना उद्योग कर्जा छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  २०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC