site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बेलायती तेल ट्यांकरमा आक्रमण गरिएको छैन : इरान
Sarbottam CementSarbottam Cement

तेहरान । इरानको क्रान्तिकारी गार्ड (सेना)ले बेलायती तेल ट्यांकरलाई होर्मुज स्ट्रेटमा अबरुद्ध नगरेको स्पष्ट गरेको छ । बेलायती तेल ट्यांकरलाई इरानी गार्डले आक्रमण गरी
नियन्त्रणमा लिन खोजेको भन्ने बेलायती भनाइमा सत्यता नरहेको पनि इरानले जनाएको छ । 

इरानी गार्डद्वारा जारी विज्ञप्तिमा विगत २४ घण्टामा बेलायती समेतका कुनै पनि जहाजमाथि आक्रमण नगरिएको उल्लेख छ । बेलायतले बिहीबार वक्तव्य प्रकाशन गरी तीन वटा
इरानी डुंगामा आएका सशस्त्र समूहले अरब सागरमा बेलायती तेल ट्यांकरमा आक्रमण प्रयास गरेको दाबी गरेको थियो । बेलायती युद्धपोत एचएमएस मोन्ट्रोजले इरानी आक्रमणलाई
निस्तेज बनाएको पनि बेलायतको भनाई छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विदेशी जहाजलाई नियन्त्रणमा लिन आदेश दिइएको भए इरानी गार्डले कुनै पनि विदेशी जहाजलाई “तत्कालै, निर्णायक र तिब्रता”का साथ गर्न सक्ने इरानले जनाएको छ ।

जिब्राल्टरको तटीय क्षेत्रबाट गत जुलाई ४ मा इरानी तेल ट्याँकरलाई बेलायतले नियन्त्रणमा लिएपछि दुबै देशबीच तनाव जारी छ । करिब २० लाख ब्यारेल तेल बोक्ने क्षमताको ग्रेस १
नामको तेल ट्याँकर बेलायती रोयल मरिनको सहयोगमा जिब्राल्टरको भन्सार र प्रहरीले नियन्त्रणमा राखेको छ ।

Global Ime bank

इरानी सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै इरानी राष्ट्रपति रौहानीले बेलायतले होर्मुजको जलक्षेत्रमा असुरक्षा बढाएको र त्यसको नतिजा बेलायतले भोग्नुपर्ने चेतावनी दिएका छन् । 

सोमबार मात्र इरानका रक्षामन्त्रीले बेलायती कदमको प्रतिवाद गरिने बताएका थिए । इरानी तेल ट्यांकरको नियन्त्रण सामुद्रिक डकैतीको संज्ञा दिँदै इरानका ब्रिगेडियर जनरल अमिर
हतामीले यसलाई आफूहरुले कहिल्यै स्वीकार्न नसक्ने र त्यसको प्रतिकार गरेरै छाड्ने चेतावनी दिएका छन् । - एजेन्सी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  २३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC