site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसमाथि सरकारका प्रवक्ताको आरोप - दिनभर बीपी, रातभर विप्लव ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्‍चारमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका छन् ।

बिहीबार नियमित पत्रकार सम्मेलनका क्रममा बोल्दै मन्त्री बास्कोटाले कांग्रेससँग विप्लव समूहबारे धारणा माग गरेका हुन् । उनको प्रश्‍न थियो, " हिंसाप्रति कांग्रेसको धारणा के हो ? दिनभर बीपी, रातभर विप्लव ? चार तारामा शान्ति र लोकतन्त्रका तारा कता हराए ?"

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्री बास्कोटाले चन्द समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली कांग्रेसले सरकारमाथि प्रश्न उठाउने काम गरिरहेको बताएका थिए । संविधान, कानुन र शान्तिकाविरुद्ध नेपाली कांग्रेसले चन्द समूहलाई किन काखी च्यापेको भनि प्रश्न पनि गरे । 

भोजपुरमा चन्द समूह र प्रहरीबीचको झडपमा परी बुधबार बिहान दुवै पक्षका दुई जनाको हत्या भएको थियो । सोही घटनालाई लिएर नेपाली कांग्रेसले सरकारले ‘मृत्यको व्यापार’ गरिरहेको आरोप लगाएको थियो । त्यसप्रति टिप्पणी गर्दै मन्त्री बास्कोटाले नेपाली कांग्रेसले कानुन, संविधानविपरित हिंसात्मक गतिविधिलाई साथ दिएको दाबी गर्दै आपत्ति जनाए ।

Global Ime bank

मन्त्री बास्कोटाले चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको छानबिनका लागि संसदीय समिति गठन नहुने जिकिर गरे । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सो हत्याकाण्डको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गरिरहेको छ । मन्त्री बास्कोटाले संसदीय समितिले छानबिन गर्दैमा सो समस्या समाधान नहुने दाबी गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC