एजेन्सी । बार्सिलोनाका मिडफिल्डर डी योङले बार्सिलोनाका लिजेन्ड जाभी र आन्द्रे इनिएस्टासँग तुुलना गरेको आफूलाई ठिक नलागेको बताएका छन् । भर्खरैमात्र आयाक्सबाट बार्सिलोनामा आएका डी योङले इनिएस्टाको स्थान समाल्ने भन्दै उनीसँग तुलना गर्न थालिएको थियो ।
उनी जनवरीमा ७५ मिलियन युुरोमा बार्सिलोनामा आएका हुुन् । नेदरल्यान्डका २२ वर्षीय खेलाडी डी योङलाई पहिलेबाट नै जाभी र इनिस्टासित तुलना गर्न थालिएको छ ।
तर डी योङलाई भने यसबारेमा कुुनै पनि रुचि छैन । “मलाई आफूलाई ती लिजेन्डसँग तुुलना गरेको ठिक लाग्दैन,” डी योङले बार्सा टीभीलाई भने, “मिडफिल्डरको लागि यो उचित क्लब हो । यो क्लबमा मलाई खेल्नको लागि पूर्ण छ । जहाँ विश्वकै ठूला मिडफिल्डरले खेलिसकेका छन् ।” अयाक्सलाई डोमेस्टिक डबल जिताउन र च्याम्पियन लिगको सेमिफाइनलमा पुर्याउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।